८ चैत्र २०८२, आइतबार | March 23, 2026

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते



बुटवल । पाल्पामा टिप्पर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । घाइते मध्य २ जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा रिब्दीकोट ३ का अन्दाजी ३० वर्षीय विष्णु ढकाल रहेकाछन् भने दाङ घोराही उपमहानगरपालिका १२ का इमराज पुन र रोल्पा त्रिवेणी ५ का हिमाल घर्ती गम्भीर घाइते भएकाछन् । टिप्पर चालक दाङ घारोही १६ का अजय चौधरी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गुल्मी पाल्पा सडक खण्डमा गुल्मीबाट पाल्पा तर्फ आउँदै गरेको रा १ ख २४०४ नम्बरको टिप्पर पाल्पाको लघुवामा सडकमा ब्याक हुन गई सडकबाट १५० मिटर तल खसेको थियो । घटनास्थलबाट उद्दार गरि घाइतेहरुलाई युनाइटेड अस्पताल पुर्याइएकोमा चिकित्सकले ढकाललाई मृत घोषणा गरेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले बताए ।

घाइतेहरुको मिशन अस्पतालमा उपचार जारी रहेको र टिप्पर तथा चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ८ : ५६ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय