११ श्रावण २०८३, सोमबार | July 27, 2026

रास्वपाको नारायणगढ–बुटवल दबाब यात्रा



नवलपुर । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नारायणगढ–बुटवल खण्ड विस्तारमा ढिलाइ भएको भन्दै ध्यानाकर्षण गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबाब यात्रा सुरु गरेको छ ।

पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा आज नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटस्थित भृकुटीचोकबाट दबाबमूलक पदयात्राको सुरुवात गरिएको हो ।

दबाब यात्रा सुरु हुनु अगाडि आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले निर्धारित समयमा सडक विस्तार नहुँदा स्थानीयलाई समस्या परेको भन्दै सडक चाँडो निर्माण गराउन दबाब दिन यात्रा सुरु गरिएको बताए । “यो बाटो बनेको छैन, विकास आयोजना नबन्दा स्थानीयवासी, यात्रु, व्यवसायीदेखि सबैलाई कष्टकरण जीवन भोग्नुपरेको छ”, उनले भने, “यसलाई लिएर नीति निर्माण तहमा पनि कुरा हुन्छ ।” बन्द कोठाभित्र बसेर नीति निर्माण गर्नु र फिल्डमा आएर स्थानीयले भोगेको समस्या एकछिन मात्रै भोग्दा पनि उनीहरुको पीडाको बारेमा बोध हुने उनले बताए ।

“आमसर्वसाधारण सधैँभरि हिँडेका छन्, दौडेका छन्, धूलो बाटोमा सवारीसाधन चलाएका छन्, धूलाम्ये भएका छन्, हिलाम्मे भएका छन्” उनले भने, “तर, हामी नीति निर्माताले पनि सबैतिरबाट दबाब दिनुपर्ने भएकाले यात्रामा हिँडेका हौँ ।” दुई पटक म्याद थप गर्दासमेत समयमा सडक विस्तारको काम नसकिने देखिएपछि यसलाई अझ बढी सार्वजनिक चासोमा ल्याउन र यसको महत्वबारे सबै सामु ल्याउन जरुरी रहेको उनले बताए । समयमै विकास आयोजनाका काम सम्पन्न गराउनका लागि दबाब सृजना गरिएका विभिन्न कार्यक्रममध्येको एउटा कार्यक्रमका रुपमा दबाब यात्रालाई लिएको उनले बताए ।

उनले पैदल यात्रा गरेर तीन दिनमा बुटवल पुग्ने तयारीमा रहेको भन्दै आफ्नो यात्रामा कुनै पनि स्वागत सत्कार नगर्न आग्रह गरे । “म यात्रामा निस्केको समयमा स्थानीयका कुराहरु सुन्न सक्दिनँ, छलफल गर्न सक्दिन”, उनले भने, “तर, मेरो टिम छ उहाँहरुले स्थानीयका गुनासो सुन्ने र छलफल गर्ने काम गर्नुहुन्छ, उहाँहरुले सबै कुरा मलाई पछि बताउनुहुन्छ ।” जनताको भोगाइ थाहा पाउन र चाँडो सडक विस्तारको काम सम्पन्न गर्नका लागि मात्रै यात्रामा निस्किएको उनले बताए ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ६ : ०० बजे

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको आज उद्घाटन गरिँदै

काठमाडौं । मुलुककै पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा रहेको नागढुङ्गा-सिस्नेखोला

झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख

झापा । पूर्वी नेपालको प्रमुख माछा उत्पादन क्षेत्र झापामा व्यावसायिक

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतका विभिन्न तीन समितिको बैठक आज बस्दैछ

विश्वकप लिग-२ : नेपाल आज नामिबियासँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाका केही संवेदनशील