२७ भदौ २०८३, शनिबार | September 13, 2026

प्रशान्त श्रेष्ठको अध्यक्षतामा बाँके जिल्ला टेबल टेनिस संघ गठन



नेपालगन्ज । बाँके जिल्ला टेबल टेनिस संघको अध्यक्षमा प्रशान्त श्रेष्ठ दोस्रो कार्यकालका लागि पुनः निर्बाचित भएका छन। सोमवार नेपालगन्जस्थित गोल्डेन एबीसी स्कुलमा सम्पन्न संघको साधारणसभाबाट श्रेष्ठ पुनः अध्यक्षपदमा चयन भएका हुन् ।

साधारणसभाले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय कार्यसमिती निर्बिरोध चयन गरेको छ। कार्यसमितीको उपाध्यक्षमा अरुण बिक्रम शाह र गौतम सिंह परियार रहेका छन। त्यसैगरी सचिवमा भुमण्डल प्रकाश श्रेष्ठ र कोषाध्यक्षमा नितु गुरुङ चयन भएका छन। संघको सदस्यमा बिकास बहादुर सिंह, बिकास राजभण्डारी, पुर्ण कुमारी थापा, युवराज कोइराला, नरेश यादव, अब्दुल अजिज बागवान रहेका छन।

संघको आजै बसेको पहिलो बैठकले धन्यवादज्ञापन, प्रदेश प्रतिनिधि चयन र सल्लाहकार मनोनयन समेत गरेको छ। आगामी पुस १५ गते हुने संघको प्रदेश अधिबेशनको लागि प्रशान्त श्रेष्ठ, बिकास बहादुर सिंह र अरुण बिक्रम शाहलाई प्रतिनिधि चयन गरिएको छ भने सल्लाहकारमा सुभाष सिंह श्रेष्ठ र जितेन्द्र बहादुर हमाललाई मनोनित गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

त्यसैगरी संघको बाँकी रहेको दुईजना सदस्य जिल्ला खेलकुद बिकास समिती बाँकेले मनोनयन गर्नेछ। यसअघि श्रेष्ठको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी प्रदेशका पुर्ब मन्त्री एवम ओलम्पियन सुरेन्द्र बहादुर हमालले दीप प्रज्वलन गरि साधारणसभाको उदघाटन गरेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य नरेन्द्र थापा, बाँके जिल्ला खेलकुद बिकास समितीका सदस्य रन्जित सिंह सिजापती, बुद्धिचाल महासंघका केन्द्रिय सदस्य प्रतिमा महत लगायतले शुभकामना मन्तब्य राखेका थिए।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  १० : ०७ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ८४ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ । भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित