१६ बैशाख २०८१, आइतबार | April 28, 2024

नेपाल सुपर लिग : आज काठमाडौं रेजर्स र ललितपुर सिटी भिड्दै



काठमाडौं । जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको इलिमिनेटर खेल आज लिग चरणमा तेस्रो भएको काठमाडौँ रेजर्स र चौथो भएको ललितपुर सिटीबीच हुदै छ । यो खेल आज साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा हुने छ ।

यस खेलको विजेता दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित टिम पोखरा ठण्डर्ससँग खेल्ने छ । दोस्रो क्वालिफायरको विजेता फाइनलमा पुग्ने छ । दोस्रो क्वालिफायर खेल आगामी विहिबार हुने छ ।

जारी एनएसएलको पहिलो क्वालिफायरमा धनगढी एफसीले पेनाल्टी सुटआउटमा पोखरा ठण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।

लिग चरणका खेलहरु सकिएपछि अब शिर्ष चार क्लब प्लेअफमा पुगेका छन् । जसमा पोखरा ठण्डर्स १५ अंकसहित शिर्ष स्थानमा रहेर प्लेअफमा पुगेको छ भने धनगढी एफसी १३ अंकसहित दोस्रो स्थानमा रहदै प्लेअफमा पुगेको हो ।

त्यसैगरी डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स १२ अंकसहित तेस्रो हुदै र ललितपुर सिटी एफसी १० अंकसहित तेस्रो हुदै प्लेअफमा छनौट भएको हो । त्यस्तै झापा एफसी र बुटवल लुम्बिनीले १०-१० अंक हासिल गरेपनि गोल अन्तरको आधारमा पाँचौं र छैटौं भएपछि प्लेअफमा पुग्न असफल भएका छन् ।

त्यसैगरी एफसी चितवनले ९ अंक हासिल गरि सातौ, बीरगंज युनाइटेड र स्पोर्टिंग इलामले ८-८ अंक हासिल गरि आठौँ र नवौं स्थान हासिल गरेका छन् । त्यस्तै दोस्रो क्वालिफायर विहिबार हुदै छ । त्यस्तै यस सिजनको फाइनल खेल भने शनिबार हुदैछ ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ७ : ५९ बजे

नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य : अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य रहेको

बझाङमा सर्वदलीय बैठकको तयारी

बझाङ । बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय

इलाममा ११ बजेपछि मतगणना

इलाम । इलाम क्षेत्र नं २ मा शनिबार भएको प्रतिनिधिसभा

काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु

काठमाडौं । दुईदिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु भएको

युट्युव हेरेर आफैले बनाएको घरेलु हतियार पड्केर बाँकेमा एकजना घाइते

नेपालगन्ज । बाँकेमा आफैले बनाएको घरेलु हतियार पड्केर एक जना