७ श्रावण २०८३, बिहिबार | July 23, 2026

हिटर बालेर सुत्दा श्रीमानको मृत्यु, श्रीमतीको उपचार हुँदै



धुलिखेल । काभ्रेमा हिटर बालेर सुत्दा एक पुरुषको मृत्यु भएको छ भने उनकी श्रीमतीको उपचार भइरहेको छ ।

कोठामा हिटर र फलामको कराइमा आगो बालेर सुत्दा नमोबुद्ध नगरपालिका-१ का ८२ वर्षीय कर्मा ग्याल्बो लामाको मृत्यु भएको र उनकी ८१ वर्षीया श्रीमती असनी लामाको उपचार भइरहेको छ ।

सोमबार राति कोठामा झ्याल–ढोका बन्द गरेर हिटर र फलामको कराइमा आगो बालेर उनीहरु सुतेका थिए । मंगलबार बिहान ८ बजेसम्म उनीहरु नउठेपछि छोराबुहारीले खोलेर हेर्दा दुवैजना बेहोस अवस्थामा फेला पारेपछि धुलिखेल अस्पताल लगेका थिए ।

तर, कर्माको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको र उपचार भइरहेको असनीको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ४ : १२ बजे

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ