११ कार्तिक २०८३, बुधबार | October 28, 2026

हिटर बालेर सुत्दा श्रीमानको मृत्यु, श्रीमतीको उपचार हुँदै



धुलिखेल । काभ्रेमा हिटर बालेर सुत्दा एक पुरुषको मृत्यु भएको छ भने उनकी श्रीमतीको उपचार भइरहेको छ ।

कोठामा हिटर र फलामको कराइमा आगो बालेर सुत्दा नमोबुद्ध नगरपालिका-१ का ८२ वर्षीय कर्मा ग्याल्बो लामाको मृत्यु भएको र उनकी ८१ वर्षीया श्रीमती असनी लामाको उपचार भइरहेको छ ।

सोमबार राति कोठामा झ्याल–ढोका बन्द गरेर हिटर र फलामको कराइमा आगो बालेर उनीहरु सुतेका थिए । मंगलबार बिहान ८ बजेसम्म उनीहरु नउठेपछि छोराबुहारीले खोलेर हेर्दा दुवैजना बेहोस अवस्थामा फेला पारेपछि धुलिखेल अस्पताल लगेका थिए ।

तर, कर्माको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको र उपचार भइरहेको असनीको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ४ : १२ बजे

परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

एकताबद्ध र अनुशासित ढङ्गले अगाडि बढ्दा कार्यकर्तामा उत्साह भर्न सकिन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

३३ अंकले बढ्यो नेप्से, साढे सात अर्बको कारोबार

काठमाडौं ।। साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक उच्च

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौं । शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६