६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

दिल्लीस्थित इजरायली दुतावासमा भएको विष्फोट, अनुसन्धान जारी



नयाँदिल्ली । इजरायली दूतावास पछाडी विस्फोट भएको खबर पाएपछि दिल्ली प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको छ । अधिकारीहरूले भने कि दिल्ली पुलिसले मंगलबार साँझ नयाँ दिल्ली जिल्ला स्थित इजरायल दूतावास नजिकै विस्फोट भएको जानकारी प्राप्त गरेको थियो ।

प्रहरी स्रोतका अनुसार इजरायली राजदूतलाई सम्बोधन गरिएको पत्र इजरायल दूतावास परिसर पछाडिको  विस्फोट स्थल नजिकै भेटिएको छ ।

नयाँ दिल्लीस्थित इजरायली दूतावासले भने कि ‘हामी दूतावास नजिकै साँझ ५ः१० बजे विस्फोट भएको पुष्टि गर्न सक्छौं ।’ दिल्ली पुलिस र सुरक्षा टोलीले अझै पनि स्थितिको अनुसन्धान गरिरहेका छन् ।

दिल्ली फायर सर्भिसका अधिकारीहरूका अनुसार हिजो साँझ ५ः४७ बजे आएको थियो र दिल्ली पुलिसको पुलिस कन्ट्रोल रुम (पिसिआर) बाट स्थानान्तरण गरिएको थियो। प्रहरी र दमकलको टोली घटनास्थलमा रहेको र खोजी कार्य जारी रहेको उनले बताए । हाल इजरायली दूतावास नजिकै दिल्ली प्रहरीको क्राइम युनिट र फोरेन्सिक टोलीले अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

दिल्ली फायर सर्भिसका निर्देशक अतुल गर्गले भने, ‘घटनास्थलमा अहिलेसम्म केही पनि फेला परेको छैन ।’ यससँगै दिल्ली प्रहरीले पनि अहिलेसम्म कुनै विस्फोटक पदार्थ नभेटिएको तर खोजी कार्य जारी रहेको बताएको छ ।

इजरायली दूतावास नजिकै रहेको केन्द्रीय हिन्दी तालिम प्रतिष्ठानमा तैनाथ गार्ड तेजु क्षेत्रीले साँझ करिब पाँच बजे सो घटना भएको बताए । ‘गेटभित्र ड्युटीमा थिए, आवाज आयो, टायर फुटेको जस्तो लाग्यो, केही बेर यता उता हेरे, भित्र केही थिएन, त्यसपछि हामीले बाहिर हेरयौं र रूखको छेउमा धुवाँ उठिरहेको देख्यौं, आवाज निकै चर्को थियो,’ उनले भने ।

अहिलेसम्म सो घटनाको जिम्मेवारी कसैले लिएको छैन । तर, प्रहरी अनुसन्धान जारी छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ८ : १२ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र