३१ भदौ २०८३, बुधबार | September 16, 2026

पौवा भैरहवामा ‘न्यू इयर इभ-२०२४’ : रचना रिमाल र पशुपती शर्माको प्रस्तुती रहने



बुटवल । अंग्रेजी नयाँ वर्षको पूर्व संध्यामा होटल पौवाले भैरहवा शाखामा न्यू इयर इभ २०२४ गर्ने भएको छ । नेपाली स्वाद, नेपाली संस्कृति र रैथाने परिकारको ब्राण्डीङ गर्दै आएको पौवाले आफ्नो ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्न भैरहवामा न्यू इयर इभ गर्न थालेको हो ।

होटल पौवाका अनुसार पुस १५ गते साँझ आयोजना हुने इभमा नेपाली आधुनिक संगीत क्षेत्रकी चर्चित गायिका रचना रिमाल र लोक गायक पशुपति शर्माको प्रस्तुती रहने छ भने अमित बरालको ब्याण्ड सहित ख्यातीप्राप्त स्थानीय कलाकारहरुले इभमा मनोरञ्जन प्रदान गर्नेछन् । प्रवेश निशुल्क रहने इभमा प्रवेश गर्ने ग्राहकहरुका लागि एकै पटक १ हजार जनालाई पूर्ण सेवा दिन सकिनेगरि ब्यवस्थापन गरिएको पौवाका जनसम्पर्क तथा ब्राण्ड प्रमुख विष्णु भण्डारीले जानकारी दिए ।

नेपाली परिकार र परम्परागत नेपाली सत्कारलाई आत्मसाथ गर्दै सेवा प्रदान गर्दै आएको पौवाले अंग्रजी नयाँ वर्षमा पनि सम्पूर्ण नेपालीपाराको सत्कार, परिकार र सेवा प्रदान गर्ने तयारी गरिएको पौवा भैरहवाका प्रबन्धक गिरीराज पाण्डेले बताए ।

पौवाले नेपाली चाडपर्व, भाषा संस्कृति विशेष र जनजातीहरुको मौलिक परम्पराहरुमा विशेष कार्यक्रम गर्दै आएको छ । नेपाली हस्पिटालिटीको मुल उद्देश्यका साथ २०७३ सालमा स्थापना भएको पौवाको हाल नेपालका बिभिन्न स्थानमा १२ वटा शाखा रहेका छन् भने १३ औं शाखाकारुपमा नेपालगन्जमा निर्माण कार्य सुरु गरिएको पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  १० : ३९ बजे

सर्वदलीय बैठक : संसद भित्र र बाहिर छुट्टाछुट्टै उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले

निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६०