२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

मानव सेवा आश्रमको आयोजनामा पुस १४ गते बुटवलमा ‘आमा सेमिनार’ हुने



बुटवल । पुस १४ गते शनिबार बुटवलमा ‘आमा सेमिनार’ हुने भएको छ । समाजिक सेवा भावमा लागेको मानव सेवा आश्रमको आयोजनामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र रामनगर बुटवलमा ‘आमा सेमिनार’ हुने भएको हो ।

मानवता, राष्ट्रियता, परोपकार, राष्ट्रप्रेम र आफुलाई जन्मदिने माता पिताको महत्त्वबोध गराउनुका साथै प्रेम, करूणा आम जनतामा पुर्‍याउने उदेश्यले ‘आमा सेमिनार’ गर्न लागिएको मानव सेवा आश्रम बुटवलले जनाएको छ ।

बिहीबार बुटवलमा आयोजित आर्थिक वर्ष २०७९/०८० को आर्थिक तथा वार्षिक प्रतिवेदन प्रस्तुतिकरण एवं पत्रकार सम्मेलनमा मानव सेवा आश्रमका केन्द्रीय कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले अब कोहि पनि वृद्वाश्रममा बस्न नपरोस् भन्ने वातावरण बनाउन सेमिनार गर्न लागिएको बताए ।

अभावकाबीच पनि मानवीय सेवा सम्भव हुदोरहेछ भन्ने आश्रमले पुष्टि गरेको बताउँदै पवित्र उदेश्यले गरिने मानवीय सेवाका लागि कुनै किसिमको समस्या नहुने उल्लेख गरे ।

संविधानसभा सदस्य नेत्रप्रसाद पन्थीले मानवता प्रवर्द्धन अभियान महान कार्य भएको भन्दै हरेक किसिमका सेवामा पारदर्शिता जरुरी रहेको बताए । उनले धेरै सडक आश्रति मानवलसरूलाई आश्रममा राख्ने भन्दा पनि सडकमा जानै नपर्ने अवस्था सिर्जना गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा आश्रमका अभियन्ता लोकनाथ भुसाल, पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोखरेल, आश्रमकी प्रदेश संयोजक सरू अधिकारी लगायतले आ-आफ्नो भनाइ राखेका थिए ।

२०७५ साल पुस ७ गते बुटवलको सुख्खानगरमा एउटा घर भाडामा लिएर सुरु गरिएको मानव सेवा आश्रममा हाल १६६ जना आश्रति रहेको आश्रमकि अभियन्ता टिकामाया थापाले बताइन् । १५ जना भारतीय सडक आश्रीत मानवहरूलाई समेत पारिवारिक पुनर्मिलन गराएको आश्रमले जनाएको छ ।

मानवसेवा आश्रममा हेटौंडामा केन्द्रीय कार्यालय रही सहयोगापेक्षी सडक मानव उद्धार, उपचार, पारिवारिक पुर्नमिलन लगायतको काममा देशैभर क्रियाशिल रहेको छ ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ७ : ४३ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक