१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

लुम्बिनी एक्स्पोमा संस्थागत सहभागिता बढ्दै, २ लाख २० हजारले गरे अवलोकन



बुटवल । बुटवलमा जारी लुम्बिनी एक्स्पो २०८० मा सर्वसाधारणसँगै संस्थागत सहभागिता पनि बढ्दै गएको छ । बिहीबार मात्रै चेम्बर अफ कर्मर्श लुम्बिनी, रुपन्देही उद्योग संघ, उद्योग व्यापार संगठन, तनहुँको बन्दीपुर गाउँपालिकाको टोली, कालिका स्कुलको पर्यटन शाखाको टोली, ११ नम्बरको प्रौढ समाजको टोलीलगायतका संस्थाहरुले संस्थागत रुपमा अवलोकन गरेका छन् ।

संस्थागत सम्बन्ध बिस्तार साथै एक्स्पोलाई सहयोग गर्न संस्थागत अवलोकनकर्ताहरुको आगमन भएकोएक्स्पोका प्रचार संयोजक फर्सुराम पन्तले जानकारी दिए । बिहीबार बुटवल उपमहानगरका उपमेयर सावित्रा अर्यालको नेतृत्वमा मेलाको अनुगमन भएको कुनै कैफियत नभेटिएको संयोजक पन्तले बताए ।

बुटवलमा हुने हरेक प्रदर्शनी, एक्स्पो, महोत्सव वा मेला जे भएपनि यहाँका सबै संघसंस्थाको सामुहिक आयोजकको भावना रहेकाले सबै साथ रहने रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले बताए ।

व्यापार संघका अध्यक्ष तथा मेला आयोजक मूल समितिका संयोजक कृष्ण घिमिरेका अनुसार अहिलेसम्म २ लाख २० हजार दर्शक अवलोकन गरेको र अवलोकनकर्ताको चाप बढ्दै गएको छ ।

स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार,सहरदेखि गाउँसम्म व्यापार बिस्तार भन्ने मूल नाराका साथ रुपन्देही व्यापार संघले मेला पुस १८ गतेसम्म चल्नेछ । मेलामा १० लाख दर्शकलाई अवलोकन गराई ५० करोड रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य आयोजक संस्थाले राखेको छ ।

निमार्णाधिन प्रदर्शनी केन्द्रमा करिब ६ सय स्टलहरु सहभागी रहेका छन् । प्रदर्शनी केन्द्रमा एकै पटक २५ हजार दर्शकले स्टलको अवलोकन गर्नसक्ने क्षमता रहेको छ ।

बजार ब्यवस्थापन तथा बिक्रि कर्मचारी संघ (ओम्स) नेपाल काठमाडौले े प्रदर्शनी स्थलमा रहेको स्टल नम्बर २७९ मा निशुल्क पिउने पानी तथा निशुल्क मोबाइल चार्ज र निशुल्क स्तनपान कक्ष प्रदान गरेको छ । ओम्सको कार्यले अवलोकनकर्ताले धेरै लाभ पाएको मेलाका संयोजक घिमिरेले बताए ।

खाद्य बस्तुहरु सम्बन्धि बिक्रि गर्ने कम्पनी प्रतिनिधिहरु र डिलर प्रतिनिधिहरुको संयुक्त सस्था ओम्सका केन्द्रिय अध्यक्ष सुर्य पराजुलीले धेरैको कम ध्यान जाने तर सामाजिक कामबाट सन्तुष्टि मिल्ने र समाज सेवाको उद्देश्यले सेवा गर्न स्टल राखेर सेवा दिइरहेको बताए ।
ओम्सका आजिवन सदस्य प्रकाश शर्माले निशुल्क तातो चिसो पानी दैनिक ५०–६० जार बितरण गरिएको बताए ।

उनले सार्वजनिक बिदाको दिनमा आउने बालबालिकाहरुलाइ दैनिक ५ सय जनालाइ बिस्कुट र चकलेट बितरण गरेको पनि जानकारी दिए ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  १० : ०० बजे

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा