२ कार्तिक २०८३, सोमबार | October 19, 2026

८ वटा मोटरसाइकलमा नेपाल भित्रँदै गरेको ४ लाख बढीको प्याज बरामद



बुटवल । रुपन्देही प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्राइँदै गरेको प्याज बरामद गरेको छ । ८ वटा मोटर साइकलमा लोड गरेर नेपाल भित्राइँदै गरेको ३९ बोरा प्याज बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको ४ लाख ७१ हजार मुल्य वरावरको प्याज लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं १२ लोखडियाबाट बरामद गरेको हो ।

प्रहरीलाई देखेलगत्तै प्याज तस्करी गर्नेहरु मोटरसाइकल छाडेर भागेको प्रहरीले दाबी गरेको छ । ८ वटा मोटरसाइकल तथा ३९ बोरामा भरिएको १५६० केजी प्याज भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ७ : ०१ बजे

मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्न चिकित्सकको सुझाव

काठमाडौँ । दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा

तीन दिनसम्म सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ । सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौं । वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा बडादसैंको शुभकामना

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले बडादसैँ २०८३

दसैंले गाउँबस्तीमा बढायो रौनक

भोजपुर। बडादसैँले भोजपुरका गाउँबस्तीमा रौनक थपेको छ । रोजगारी, अध्ययन