१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

उचित व्यवस्थापन नहुँदा बाराका बालबालिका भुइँमा पढ्न बाध्य



बारा । प्रजातान्त्रिक राज्यहरूको पहिलो प्राथमिकता नागरिकका लागि उचित शिक्षा हुनुपर्छ । उचित र गुणस्तरीय शिक्षाले मात्र सबल अनि सक्षम नागरिक बन्छन् । बालबालिकालाई गुणस्तरीय शिक्षा आर्जन गर्नका लागि व्यवस्थित भौतिक पूर्वाधार अत्यावश्यक हुन्छ ।
तर, बाराको आदर्श कोटवाल गाँउपालिका-५ मा रहेको नेरा आधारभुत टेढाकट्टी विद्यालयका सयौँ बालबालिका अध्ययनरत सो विद्यालयमा टेबल र बेञ्च नभएपछि बालबालिका आआफ्ना घरबाट नै बोरा बोकेर विद्यालय धाउने गरेका छन् ।
आवश्यक फर्निचरको अभावमा घरबाटै ल्याएको बोरामा बसेर पढ्न विवश विद्यार्थी चिसो भुइँमा बसेर अध्ययन गर्नुपर्दा आफूहरूलाई रुघाखोकी लाग्ने, ज्वरो आउने र अन्य शारीरिक समस्या हुने गरेको गुनासो गर्दछन् ।
चिसोले त्यसै त बालबालिकालाई सोझै असर पार्ने गर्छ । त्यसमाथि विद्यार्थी भुइँमै बसेर पढ्नुपर्ने बाध्यता र केही दिनदेखि तराईमा बढेको चिसोका कारण विद्यालयमा विद्यार्थी पनि घट्दै जान थालेको विद्यालयका शिक्षक रामबाबु प्रसाद यादवको भनाइ छ ।
आर्थिक अभाव, सरकारको बेवास्ता तथा विद्यालय व्यवस्थापन समितिको लापर्बाहीका कारणले गर्दा बालबालिका अँध्यारो छाप्रोमा चिसोमै भुइँमै बसेर अध्ययन गर्न बाध्य रहेको स्थानीय सर्वसाधारणको गुनासो रहेको छ ।
बाराको आदर्श कोटवाल गाउँपालिका-५ मा रहेको यस आधारभुत विद्यालयको अवस्था निकै नाजुक छ । पटक पटक स्थानीय सरकारलाई सहयोगको लागि आग्रह गरे पनि प्राथमिकतामा नपरेको स्थानीयको भनाइ छ ।
तीन वर्षअघि गाँउपालिकाले नयाँ भवन बनाउने भन्दै पुरानो पाँच कोठे भवनमा सुधारका लागि थप लगानी भएको छैन । यही कारण बालबालिकाहरू जीर्ण विद्यालय भवनको चौर, बरन्डाको चिसो भुइँमा बसेर पढ्न वाध्य छन् । यसरी पढ्दा बालबालिकाको स्वास्थ्यमा निकै नराम्रो असर परिरहेको विद्यालयका प्रधानाध्यापक शारदा सिंहले गुनासो गरिन् ।
१ देखि ५ कक्षासम्म पढाइ हुने यस विद्यालयमा करिब चार सय विद्यार्थी छन् । विद्यार्थी राखेर पढाउन कक्षाकोठा अपुग भएपछि विद्यालयले २ देखि ३ वटा कक्षाका विद्यार्थीहरूलाई एउटैमा राखेर बहुकक्षा सञ्चालन गर्दै आइरहेको छ । जसले विद्यालयको पढाइ केवल औपचारिकतामा सिमित छ ।
विशेषगरी दलित, गरिब तथा पिछडिएका समुदायका बालबालिका पढ्ने भएर पनि जनप्रतिनिधिले यस विद्यालयलाई बेवास्ता गरेको हुन सक्ने स्थानीयको आरोप छ ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ९ : ०६ बजे

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै

सिरहाको गोलबजारमा रहेको एबी मलमा आगजनी

काठमाडौं । सिरहाको गोलबजारमा जारी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले एबी मलमा

सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संवेदनशील परिस्थितिमा उच्च संयमता

सामाजिक र धार्मिक सद्भाव जोगाउन पूर्वराजा ज्ञानेन्द्रको अपिल

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरी घटनापछि देशका विभिन्न क्षेत्रमा

सिरहाको लहानमा पनि अनिश्चितकालीन कर्फ्यु

सिरहा । सिरहाको लहान क्षेत्रमा पनि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन