२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

प्रदेशलाई अधिकार दिन माग गर्दै मुख्यमन्त्रीहरुले भेटे प्रधानमन्त्री



काठमाडौं । प्रदेश सरकारलाई संघीयताको मर्मअनुसार अधिकार हस्तान्तरण नगरिएको भन्दै रुष्ट प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डलाई भेट गरेका छन् ।

मुख्यमन्त्रीहरुले आज बिहान प्रधानमन्त्रीलाई भेटेर संघीयता कार्यान्वयन गराउन ध्यानाकर्षण गराएका छन् । मुख्यमन्त्रीहरुले संघीयता कार्यान्यन गर्न र सविधान बमोजिम प्रदेश सरकारलाई अधिकार दिन प्रधानमन्त्रीलाई आग्रह गरे ।

शुक्रबार मात्रै हेटौंडामा बसेको मुख्यमन्त्रीहरुको बैठकले प्रधानमन्त्रीलाई संघीयता कार्यान्वयनका लागि ध्यानाकर्षण गराउने निर्णय गरेको थियो ।

भेटमा हेटौँडा बैठकले गरेको ९ बुँदे निर्णय र पोखरा बैठकको निर्णयबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको छ । उनीहरुले निजामति कर्मचारी ऐन, प्रहरी समायोजन ऐन, शिक्षा ऐन, जग्गा प्राप्ति ऐनको अभावमा काम गर्न नसकेको जनाएका छन् ।

मुख्यमन्त्रीहरूले नेपालको संविधानमा व्यवस्था भएका साझा अधिकार सूचि प्रयोगको व्यवस्था मिलाउन, गत असारमा पोखरामा सम्पन्न मुख्यमन्त्री सम्मेलनको निष्कर्ष कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

मुख्यमन्त्रीहरूले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण नेपाल सरकारको मात्र एकल दायित्व नभएर सङ्घीय संसद र राजनीतिक दलहरूको साझा दायित्व भएकोमा जोड दिँदै राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीले समन्वय गर्नुपर्ने जोड गरे।

भेटमा सदुरपश्चिम प्रदेशका मुख्यमन्त्री भने सहभागी भएनन् । उनी कार्यव्यतताका कारण काठमाडौँ नआएको बताइएको छ ।

 

 

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ९ : ३४ बजे

एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व

उपसभामुखमा सरस्वती लामाको उम्मेदवारी दिने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलले प्रतिनिधिसभाको उपसभामुख

उपसभामुखमा रुबी कुमारी ठाकुरको उम्मेदवारी, रास्वपाको समर्थन

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीको तर्फबाट रुबीकुमारी

सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तारी गरे, प्रमाण नपुगेपछि म रिहा भए : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

हिन्द महासागर सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री मरिसस जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा