३० भदौ २०८३, मंगलबार | September 15, 2026

कसौधन महिला समितिद्वारा विद्यार्थीलाई न्यानो कपडा र किशोरीलाई सरसफाई तालिम



बुटवल । कसौधन महिला समिति बुटवलले स्कुले बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेको छ । चिसोका कारण विद्यालय छोड्नु पर्ने समस्यालाई कम गर्नकालागि बुटवल-१ मा रहेको सरस्वती आधारभुत विद्यालयका स्कुले बालबालिकालाई महिला समितिले न्यानो कपडा सहयोग गरेको हो ।

समितिले सरस्वती विद्यालयका एकसयभन्दाबढी विद्यार्थीहरुलाई जाडोको न्यानो कपडा, स्वीटर, मोजा, टोपीलगायतका सामग्री वितरण गरिएको थियो । सोही अवसरमा बालबालिकाका लागि टिफिन बक्स र खाजा समेत वितरण गरिएको महिला समितिका उपाध्यक्ष पुजा कसौधनले जानकारी दिइन । उत्तदायित्व कार्यक्रम अनुसार गरिव, असहाय, विपन्नलाई विभिन्न खाले सहयोग गर्दै आएको समितिले सरस्वती विद्यालयमा अध्ययन गर्ने गरिव तथा विपन्न विद्यार्थीका लागि न्यानो कपडा र खाजा वितरण गरेको उनले बताइन ।

महिला समितिका अध्यक्ष निशा कसौधनको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै बुटवल-१ का वडाध्यक्ष नरेन्द्र बस्नेतले नियमित स्कुल जाने बालबालिकाहरु जाडोका कारण स्कुल नछाडुन् भनेर न्यानो कपडा वितरण गरिनु प्रशंसनीय कार्य भएको बताए । उनले महिला समितिले गरेको कार्यको प्रशंसा गर्दै गरिव, विपन्न, असहाय बालबालिकाको सहयोगमा कसौधन समितिजस्तै अन्य सामाजिक संस्थाको पनि सक्रियता हुनु पर्ने बताए ।

कार्यक्रममा कसौधन सेवा समितिका अध्यक्ष राधेश्याम कसौधन, सरस्वती आधारभुत विद्यालयका प्राधानाध्यापक विष्णुप्रसाद भुसाल, कसौधन महिला समितिका संस्थापक अध्यक्ष पुष्पा कसौधन, कसौधन सेवा समितिका उपाध्यक्ष सन्दिप कसौधन, युवा समितिका अध्यक्ष सन्दिप कसौधन, युवा समितिका संस्थापक धर्मेन्द्र कसौधन, कार्यक्रम संयोजक शिल्पी कसौधन लगायतले बढ्दै गएको चिसो मौसममा बालबालिकाहरुलाई न्यानो कपडा वितरण कार्यक्रम महत्वपुर्ण भएकाले निरन्तरताको कामना गरेका थिए ।

सोही अवसर पारेर सोही विद्यालयको कक्षा ६, ७ र ८ कक्षाका छात्रा विद्यार्थीहरुलाई महिनाबारीको समस्या, सो समयमा हुने विभिन्न संक्रमण र सरसफाईका बारेमा सहजिकरणसँगै सेनेटरी प्याड, साबुन, हेण्डबास र अन्य सरसफाईका सामग्री वितरण गरिएको महिला समितिका महासचिव आशा कसौधनले जानकारी दिए । महिला तथा बालिकाहरूको व्यक्तिगत सरसफाई सम्बन्धित किशोरीहरुलाई दिइएको एक दिने प्रशिक्षण कार्यक्रमको सहजिकरण प्रतिमा श्रेष्ठ महर्जनले गरेकी थिइन ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ६ : ५७ बजे

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी

अब एटीएममै पाइन्छ १०० का नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई एटिएममा एक सय

रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ

बुटवल । रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ परेका

क्यासिनोमा जुवा खेल्दै गर्दा पक्राउ परेका गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक धरौटीमा छुटे

वीरगञ्ज । वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन (क्यासिनो)मा प्रहरीले गरेको