२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

पैचोको बार्षिकोत्सवमा रक्तदान र माटो परीक्षण



बुटवल । गुल्मीलाई केन्द्रबिन्दु बनाएर कृषि उत्पादनमा आधारित पैचो पसलले आफ्नो स्थापनाको नवौं वार्षिकउत्सव मनाएको छ । कृषि उत्पादन र बजारिकरणलाई मुख्य उद्देश्य मनाएको पैचोले बुटवलमा रक्तदान गर्नुका साथै गुल्मीको छत्रकोट १ हुँगामा निशुल्क माटो परीक्षण सेवा दिएर वार्षिकोत्सव मनाएको हो ।

बुटवलको सुख्खानगर शाखामा आयोजना गरिएको रक्तदानमा ५० बढीले रक्तदान गरेको पैचोका प्रमुख संचालन अधिकृत केशवराज न्यौपानेले बताए । रक्तदान कार्यक्रमको बुटवल उपमहानगर वडा नम्बर ८ का वडा अध्यक्ष यज्ञप्रसाद पंगेनीले उदघाटन गरे । पैचोका तर्फबाट रेडक्रसको रक्तसञ्चार केन्द्र बुटवललाई प्रदान गरिएको ३ सेट बिपी सेट हस्तान्तरण गर्दै कार्यक्रमको उदघाटन गरिएको थियो ।

वार्षिकोत्सवकै अवसरमा गुल्मीको छत्रकोट १ हुँगाका २५ जना किसानको निशुल्क माटो परिक्षण गरिएको पैचोले जनाएको छ । माटोको रिपोर्ट आएसँगै त्यहाँ उत्पादन हुने बिउबिजन र प्रबिधिक सेवा दिएर किसानलाई कृषि उत्पादनको प्रोत्साहन गरिने पैचोका प्रबन्ध निर्देशक ध्रुवराज न्यौपानेले बताए ।

माटो परिक्षण कार्यक्रमको छत्रकोट गाउपालिका वार्ड न १ का अध्यक्ष घनश्याम न्यौपाने उदघाटन गरे । सो अवसरमा बोल्दै उनले पैचोले किसानको हितको लागि काम गरिरहेको र आगामी दिनमा पनि आफ्नो कार्यलाई निरन्तरता दिन पैचो समुहलाई आग्रह गरे ।

स्थानीय कृषक मीना भण्डारीले कसैले नगरेको काम पैचोले गरेको उल्लेख गर्दै माटो परिक्षणले किसानको उत्पादकत्व वृद्धि हुने विश्वास ब्यक्त गरिन्।

कार्यक्रममा कम्पनीका संचालक श्री धातानन्द भण्डारी , शेयरधनी श्री प्रेम भण्डारी , राम प्रसाद भण्डारी तथा प्रभाकर भण्डारीको उपस्थिती रहेको थियो ।

बुटवलको रक्तददानमा पैचोको कर्मचारी र ग्राहक सहित अधिकांस होटल पौवाका कर्मचारीहरुले रक्तदान गरेका थिए ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ११ : २८ बजे

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित