१८ असार २०८३, बिहिबार | July 2, 2026

इंग्लिस प्रिमियर लिगमा फुलहमसँग आर्सनल स्तब्ध



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहमसँग आर्सनल स्तब्ध बनेको छ । आइतबार राति भएको खेलमा फुलहमसँग २-१ गोलले पराजित हुँदै आर्सनल स्तब्ध बनेको हो ।

यो हारसँगै आर्सनलले लिग तालिकाको शीर्षस्थानमा उक्लने अवसर गुमाएको छ । फुलहमका राउल जिमेनेज र बबी डि कर्डोभा रिडले एकएक गोल गरेका थिए । यस्तै आर्सनलका बुकायो साकाले एक गोल गरेका थिए ।

खेलको पाँचौँ मिनेटमै आर्सलनले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा फुलहमसँग २-१ गोलको हार खान पुग्यो । यो खेलपछि २० खेलबाट फुलहम २४ अंकका साथ १३ औँ स्थानमा रहेको छ भने ४० अंक भएको आर्सनल चौथो स्थानमा छ ।

यो खेल जितेको अवस्थामा आर्सनललाई शीर्षस्थानमा उक्लने अवसर रहेको थियो । शीर्षस्थानमा रहेको लिभरपुलको ४२ अंक छ । यस्तै, दोस्रो स्थानको एस्टन भिल्लाको पनि ४२ अंक नै छ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ८ : ४३ बजे

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा रहेका नेकपा एमालेका

कर्णाली राजमार्गमा सवारी दुर्घटना, एकजनाको शव फेला

सुर्खेत । कर्णाली राजमार्गमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

रासायनिक मल वितरणमा अनियमिता रोक्न मन्त्रीबाटै निगरानी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक

राम्दीको ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा

तानसेन । पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथिको ‘सिग्नेचर

पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि

काठमाडौं । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३