६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

इजरायली हमलामा प्यालेस्टाइनका पूर्वमन्त्री मारिए



गाजा । इजरायली हमलामा प्यालेस्टाइनका एक पूर्वमन्त्री मारिएका छन् । प्यालेस्टाइनी अथोरिटीका एक पूर्वमन्त्री आइतबार गाजा पट्टीमा रहेको उनको घरमा इजरायली हमलामा मारिएका हुन् ।

हमासको स्वास्थ्य मन्त्रालयका अनुसार प्यालेस्टिनी प्राधिकरणका ६८ वर्षीय पूर्व धार्मिक मामिला मन्त्री युसेफ सलामा मध्य गाजा पट्टीको अल मगाजी शरणार्थी शिविरमा भएको आक्रमणमा मारिएका हुन् ।

प्यालेस्टाइनी न्युज एजेन्सी वाफाका अनुसार प्यालेस्टाइनी अथोरिटीका अध्यक्ष महमुद अब्बासको पार्टी फताहको नजिकका नेता हुन् ।

पूर्वमन्त्री सलमाले फेब्रुअरी २००५ देखि मार्च २००६ सम्म मन्त्रीको रूपमा काम गरेका थिए । उनी जेरुसेलमको पुरानो शहरको अल-अक्सा मस्जिदमा प्रचारकको रूपमा पनि सेवा गरेका व्यक्ति हुन् ।

प्यालेस्टिनी लडाकू समूह हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गरेपछि इजरायलले गाजापट्टीमा हमासविरुद्ध सैन्य आक्रमण जारी राखेको छ ।

इजरायली तथ्याङ्कअनुसार विद्रोहीको आक्रमणमा करिव एक हजार १४० इजरायलीको मृत्यु भएको छ । यस्तै, हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गाजापट्टीमा २१ हजार ८०० भन्दा बढी मानिस मारिएका छन् । जसमा अधिकांश महिला र बालबालिका छन् ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ८ : ४५ बजे

बुटवलमा भोलिदेखि लुम्बिनी प्रदेश स्तरीय दोहोरी खेल प्रतियोगिता सुरु

बुटवल । लोक दोहोरी गीत प्रबद्र्धन गर्ने उद्देश्य सहित भोलिदेखि

जसपा छाडेका सांसदलाई विश्वासको मत दिनबाट रोक्न उपेन्द्र पुगे सर्वोच्च

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

कार्यदलको बैठकमा सहमति जुटेन

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए