९ श्रावण २०८३, शनिबार | July 25, 2026

इजरायली हमलामा प्यालेस्टाइनका पूर्वमन्त्री मारिए



गाजा । इजरायली हमलामा प्यालेस्टाइनका एक पूर्वमन्त्री मारिएका छन् । प्यालेस्टाइनी अथोरिटीका एक पूर्वमन्त्री आइतबार गाजा पट्टीमा रहेको उनको घरमा इजरायली हमलामा मारिएका हुन् ।

हमासको स्वास्थ्य मन्त्रालयका अनुसार प्यालेस्टिनी प्राधिकरणका ६८ वर्षीय पूर्व धार्मिक मामिला मन्त्री युसेफ सलामा मध्य गाजा पट्टीको अल मगाजी शरणार्थी शिविरमा भएको आक्रमणमा मारिएका हुन् ।

प्यालेस्टाइनी न्युज एजेन्सी वाफाका अनुसार प्यालेस्टाइनी अथोरिटीका अध्यक्ष महमुद अब्बासको पार्टी फताहको नजिकका नेता हुन् ।

पूर्वमन्त्री सलमाले फेब्रुअरी २००५ देखि मार्च २००६ सम्म मन्त्रीको रूपमा काम गरेका थिए । उनी जेरुसेलमको पुरानो शहरको अल-अक्सा मस्जिदमा प्रचारकको रूपमा पनि सेवा गरेका व्यक्ति हुन् ।

प्यालेस्टिनी लडाकू समूह हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गरेपछि इजरायलले गाजापट्टीमा हमासविरुद्ध सैन्य आक्रमण जारी राखेको छ ।

इजरायली तथ्याङ्कअनुसार विद्रोहीको आक्रमणमा करिव एक हजार १४० इजरायलीको मृत्यु भएको छ । यस्तै, हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गाजापट्टीमा २१ हजार ८०० भन्दा बढी मानिस मारिएका छन् । जसमा अधिकांश महिला र बालबालिका छन् ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ८ : ४५ बजे

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

काठमाडौं । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति

घुससहित भुमिगत जलस्रोत सर्लाहीकी प्रमुख ढकाल र अधिकृत चौधरी पक्राउ

सर्लाही । भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन

नेपालगन्जका विभिन्न चोकमा एकैदिन ६ वटा सालिकको अनावरण

नेपालगन्ज । नेपालगन्जको नगर क्षेत्रहरुमा रहेका बिभिन्न चोकहरुमा एकैदिन ६

गाभीले नेपालसँग खोपको रकम फिर्ता नमाग्ने

काठमाडौं । खोपका लागि ग्लोबल अलायन्स  (गाभी)ले नेपालसँग तीन लाख

अनसनरत डा. गोविन्द केसीलाई सेती प्रादेशिक अस्पताल लगियो

धनगढी। २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या