११ श्रावण २०८३, सोमबार | July 27, 2026

प्रभु साहले बनाए अर्ध सैन्य बलको आईटी आर्मी, रौतहटमा ७ दिनसम्म तालिम



रौतहट। प्रभु साह नेतृत्वको आम जनता पार्टीले छुट्टै अर्ध सैनिक बल निर्माण गरेकोछ ।

यही पुष १४ गते आम जनता पार्टीको स्थापना दिवसको अवसरमा आयोजित आईटी आर्मीको राष्ट्रिय भेला सहित शुरू भएको सैनिक तालिम अहिले निरन्तर जारी छ ।

झण्डै ७ दिन चलने उक्त तालिममा देशभरीका हजारौ युवाहरु सहभागी छन ।

रौतहटको मौलापुरमा भईरहेको उक्त तालिममा आईटी सम्बन्धी प्रशिक्षणदेखि सैनिक अभ्यास समेत गराईएको छ ।

यस प्रशिक्षण बारे आईटी आर्मीको प्रदेश अध्यक्ष बालाशंकर कुशवाहाले भने, “ अहिलेको सूचना प्रविधिको युगमा युवाहरुलाई आईटी सम्बन्धी तालिम अत्यावश्यक छ , किनकी आईटी बिना देशको बिकास सम्भव छैन । बैदेशिक रोजगारीमा भईरहेको ठगी रोकन, भ्रष्टाचारीहरुलाई दण्डित गर्न तथा भगौड़ा दलालबाट देशलाई बचाउन आईटी सेना निर्माण अपरिहार्य आवश्यकता भईसकेकोले यो तालिम गर्न लागेको बताए । यो तालिम पछी आईटी आर्मीका युवाहरुले देशमा बढ़दो संकट रोकन सकारात्मक योगदान गर्नेछ ।”

आजपाले अहिलेको व्यवस्था असफल भैसकेको घोषणा गर्दै देशलाई संकटबाट बचाऊन तत्काल अन्तरिम सरकार गठनको माग गर्दै आएको छ ।

आजपाका अध्यक्ष प्रभु साहले तत्काल अन्तरिम सरकार गठनमा सुरक्षा निकायको भुमिका सहयोगी हुने बताए ।

यदि सुरक्षा अधिकारीहरु देशको संकटबारे चिन्तित भएन र पार्टीको लुटतन्त्रलाई चोखयाउन नै लागे भने अब आईटी आर्मीले नेपालको मुख्य सैनिक फोर्सको काम गर्ने बताए ।

उनले भने ‘ढिलो चाँडो नेपाली सेनाका जवानहरुले बूझनेछन र देश निकासको लागि आईटी आर्मी संग सहकार्य गर्नेछ । यही तरिकाले अब देश अघि बढ्न सक्दैन्, आईटी आर्मीले देशको निकासमा बिशेष सहयोगी भुमिका खेलने पक्का छ ।” उनले अहिलेको संविधानले पनि देश र जनतालाई निकास नदिने ठोकुवा गरेका छन् ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ११ : ०५ बजे

सुनसरी तनावग्रस्त : झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एकको मृत्यु, २२ जना घाईते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज बजारमा साउने सोमबारको बोलबम

आजको मौसम : धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न स्थानमा आज पनि वर्षाको सम्भावना रहेकाले

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा