२१ माघ २०८२, बुधबार | February 4, 2026

नौबस्ता बाल सुधारगृहका बालबन्दीबीच फेरि लफडा



नेपालगन्ज । बाँकेको नौबस्ता क्षेत्रीय कारागारमा सञ्चालित बालसुधार गृहमा बालबन्दीबीच फेरि विवाद सुरु भएको छ । डुडुवामा रहेको बालसुधार गृहबाट लगिएका १८ वर्षभन्दामाथिका बालबन्दीबीच शुक्ररबारदेखि विवाद सुरु भएको हो । तर अहिले अवस्था सामान्य रहेको उक्त बालसुधार गृहका प्रमुख श्याम रानाले बताए ।

बालसुधार गृहका प्रमुख रानाले भने, “डुडुवास्थित जयेन्दु बालसुधार गृहमा विसं २०८० असोज ४ गते तोडफोड र झगडा गरेका दुई समूह यस बालसुधार गृहमा राखिएका छन् । तिनै दुई समूहका बालबन्दीबीच उतिबेलाको विषयलाई लिएर झगडा भएको हो । अहिले अवस्था केही सामान्य बनेको छ ।”

डुडुवा गाउँपालिका–६ असमानपुरस्थित बालसुधार गृहमा गत असोज ४ गते राति बालबन्दीबीचमा भएको झडपमा परी एक बालबन्दीको ज्यान गएको थियो भने ११ जना घाइते भएका थिए । त्यसपछि उनीहरुलाई नौबस्ता क्षेत्रीय कारागार सारिएको थियो । तर उनीहरुले नौबस्ता कारागारबाट पनि बाल बिज्याइँ गर्न सुरु गरेको रानाको भनाइ छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नौबस्ता कारागारको बालसुधार गृहमा कुनै प्रकारको घटना नघटोस् भन्दै सुरक्षासमेत बढाइएको बताए । “अहिले अवस्था सामान्य छ । तर कुनै प्रकारको घटना नघटोस् भनेर सुरक्षा व्यवस्थालाई हामीले थप बलियो बनाएका छौँ”, प्रजिअ पोखरेलले भने, “एक समूहले बिहानदेखि खाना खाएका थिएनन् । उनीहरुलाई खाना खुवाउने सहमतिमा सुरक्षाकर्मीभित्र पसेका छन् । सोही क्रममा बालबन्दीको अवस्था बुझ्नेक्रम जारी छ ।”

नौबस्तामा क्षेत्रीय कारागार सञ्चालन गरिए पनि त्याहाँका चार वटा ब्लकमध्ये एउटा ब्लकमा बालसुधार गृह सञ्चालन गरिएको छ । क्षेत्रीय कारागार नौवस्तामा रहेको बालसुधार गृहमा हाल एक सय २६ जना बालबन्दी छन् । उक्त स्थानमा हाल पर्साबाट १५, हेटौँडाबाट १८, रूपन्देहीबाट १४ र बाँकेको आसमानपुर बालसुधार गृहबाट ७९ बालबन्दीलाई राखिएको छ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ४ : ३४ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता