१८ असार २०८३, बिहिबार | July 2, 2026

२६ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल, रुपन्देहीले फुटसल प्रतियोगिता गर्दै



बुटवल । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवस रुपन्देहीमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रेस चौतारी नेपाल रुपन्देहीको सोमबार बुटवलमा भएको ११ औं पूर्ण बैठकले स्थापना दिवसको अवसरमा माघ २० गते फुटसल प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

रुपन्देहीका सामाजिक र व्यवसायिक संघ-संस्थाबीच मैत्रीपूर्ण फूटसल प्रतियोगिता गर्ने निर्णय गरिएको प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले बताए । जिल्लामा क्रियाशिल संघ–संस्थाहरुसँग अन्तरसम्बन्ध स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको पौडेलले जानकारी दिए ।

उक्त कार्यक्रम सम्पन्न गर्न कोषाध्यक्ष दिनेश कुमार श्रेष्ठ संयोजक, स्वस्तिक श्रेष्ठ सह-संयोजक र डि.बी.सुस्लिङ सदस्य रहेको समिति निर्माण गरिएको छ ।

त्यस्तै स्थापना दिवसकै अवसरमा माघ २२ गते रक्तदान कार्यक्रम गर्ने निर्णय गरिएको छ । कार्यक्रम सम्पन्न गर्न सह-सचिव दीपक न्यौपानेलाई संयोजकको जिम्मेवारी दिइएको सचिव केशव भण्डारीले बताए ।

त्यसै गरी माघमै चौतारी मिलन अर्थात वनभोज कार्यक्रम गर्ने निर्णय गरिएको छ । कार्यक्रम सम्पन्न गर्न उपाध्यक्ष भगवती पाण्डेको संयोजकत्वमा रविन्द्र गुप्ता, वसन्तराज बराल, अस्मिना पाण्डे र कृष्ण रणपाल सदस्य रहेको समिति बनाइएको छ ।

स्थापना दिवसपछि डिजिटल मिडिया सम्बन्धी कार्यशाला गर्ने निर्णय गरिएको छ । उक्त कार्यक्रम सम्पन्न गर्न उपाध्यक्ष बी।पी। गौतम संयोजक तथा बिन्दु भट्टराई र विष्णु भट्टराई सदस्य रहेको समिति निर्माण गरिएको छ ।

बैठकमा बोल्दै प्रमुख अतिथि प्रेस चौतारी लुम्बिनी प्रदेश विभाग इञ्चार्ज मोहन चापागाईंले प्रेस चौतारी रुपन्देहीले रचनात्मक कार्य गर्दै आएको बताए । उनले भने, ‘चौतारीले राम्रो निर्णय गर्दै महत्वपूर्ण कार्यक्रमहरु गर्दै आएको छ ।’

त्यस्तै प्रेस चौतारी नेपालका केन्द्रीय सचिव प्रदिप आचार्य, प्रेस चौतारी रुपन्देहीका सल्लाहकार दिनेश पाण्डे, रामप्रसाद आचार्यलगायतले बोल्दै आगामी दिनमा पनि रचनात्मक कार्यलाई निरन्तरता दिन आग्रह गरे ।

बैठकमा प्रेस चौतारी रुपन्देहीको कार्यसमिति सदस्यमा मनोनित विष्णु भट्टराई र कृष्ण रणपाललाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ७ : ५६ बजे

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा रहेका नेकपा एमालेका

कर्णाली राजमार्गमा सवारी दुर्घटना, एकजनाको शव फेला

सुर्खेत । कर्णाली राजमार्गमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु