२९ बैशाख २०८१, शनिबार | May 11, 2024

बझाङमा डोजर दुर्घटना हुँदा १ जनाको मृत्यु



चैनपुर । बझाङमा डोजर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । सोमबार राति जिल्ला सदरमुकाम चैनपुरनजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

ज्यान गुमाउनेमा बित्थडचिर गाउँपालिका-६ घर भएका ३० वर्षीय प्रकाश कठायत छन् । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेश चौधरीका अनुसार सोमबार राति १० बजेतिर पुरानो बसपार्कमा डोजर दुर्घटना भएको थियो ।

बसपार्कबाट जयपृथ्वी नगरपालिका कार्यालयतर्फ जाँदै गरेको डोजर सडकबाट २० मिटर तल खसेको थियो। चालक कठायत सिटमुनि च्यापिँदा घटनास्थलमै मृत्यु चौधरीले जानकारी दिए ।

मृतक कठायतको शव परीक्षणका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ७ : ३९ बजे

पिटरको बक पत्रमाथिको विमर्श : माओवादी जनयुद्धको शल्यक्रिया

नेपालगन्ज । लेखक तथा वामपन्थी चिन्तक नरेन्द्रजंग पिटरको बजारमा आएको

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ

राप्तीसोनारीमा फैलिएको झाडापाखालाबाट २९ जना बिरामी, ७ जना गम्भीर

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा झाडापखाला फैलिएको छ

कर्णालीका मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठक बोलाएका

बाँकेको सिधनियाघाट निर्माणका लागि सर्वपक्षीय पहल

नेपालगन्ज । बाँकेको राप्ती नदीस्थित सिधनियाघाट निर्माणका लागि सर्वपक्षीय भेलामार्फत