१८ माघ २०८२, आइतबार | February 1, 2026

यस्तो छ अयोध्यामा प्राण प्रतिष्ठा गरिने रामसीताको मुर्ति



अयोध्या, १७ पुस । अयोध्यामा निर्माणाधीन राम मन्दिरको अभिषेक समारोह यही जनवरी २२ मा हुँदैछ।

अयोध्यामा प्रशासन र सरकार यस समारोहको लागि पूर्ण रूपमा व्यस्त रहेका छन्।

यसैबबीच राम मन्दिरमा अभिषेकका लागि तीनवटा मूर्तिमध्ये एउटा छनोट हुने भएको छ । जसमध्ये केन्द्रीय मन्त्री प्रल्हाद जोशीले आफ्नो सामाजिक संजाल मार्फत एउटा तस्वीर शेयर गरेका छन् ।

अर्कोतर्फ, राम मन्दिरमा अभिषेकको एक साताअघि आयोजकले अक्षत (चामल, बेसार र घिउको मिश्रण) वितरण सुरु गरेको थियो, जुन १५ जनवरीसम्म चल्नेछ । महासचिव चम्पत राईले जनवरी २२ तारिख १२ः२० बजे मन्दिरमा अभिषेक गरिने जानकारी दिए । उनले यस पर्वलाई उत्सवका रूपमा लिन देशभरका जनतालाई आग्रह गरेका छन् ।

अक्षुण्ण सामग्रीसहितका कागजका बन्डल, राम मन्दिरको तस्वीर र मन्दिरको संरचनाको विवरण दिने पर्चाहरू जनता माझ बाँडेका थिए । मन्दिर ट्रस्टका एक शीर्ष अधिकारीले सोमबार भनेका छन् कि यसमार्फत मन्दिर नजिकै बस्ने करिब पाँच लाख समुदायले राम मन्दिरको फोटो र अन्य विवरण प्राप्त गर्नेछन्।

उनले भने, ‘पूरा अनुमान आउँदा देशका करिब पाँच करोड जनतामा पुगिसकेका छौं ।

केही दिनअघि प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरमा हुने ‘प्राण प्रतिष्ठा’ समारोहको दिनलाई ‘दिवाली’का रूपमा मनाउनका लागि जनवरी २२ मा घर–घरमा विशेष दीप प्रज्वलन गर्न अपिल गरेका थिए ।

 

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  १० : ३५ बजे

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई प्रयोग गर्न दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौं । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने

आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि