१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

अयोध्याधाम नयाँ धार्मिक गन्तव्य



चितवन । चारैतिर राष्ट्रिय निकुञ्जले घेरिएको प्राकृतिक रूपमा रमणीय माडी धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकसित हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् श्रीरामको जन्मभूमि माडीको अयोध्यापुरीमा पर्ने चर्चा गरेपछि यो क्षेत्र पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै छ ।

अयोध्याधाम निर्माण प्रचारप्रसार समितिका संयोजक श्रीप्रसाद दवाडीले माडीमा अयोध्याधाम निर्माण गुरुयोजनाअन्तर्गत यो क्षेत्रको विकासका लागि प्रदेश र सङ्घीय सरकारले बजेट नै विनियोजन गरेपछि धार्मिक पर्यटकीय गन्तव्यका रूपमा फड्को मार्ने देखिएको जानकारी दिए ।

“ऋषि वाल्मीकिको आश्रम रहेको वाल्मीकि आश्रम, पाँच पाण्डवले गुप्तवास बसेको गोद्धक, पाँच पाण्डव तालसमेतलाई समेटी अयोध्याधाम निर्माण गर्ने गरी योजना अघि बढेको छ”, संयोजक दवाडीले भने ।

अयोध्याधामसँगै माडीमा रहेको ऐतिहासिक सोमेश्वर गढी क्षेत्र माडीको धार्मिक पर्यटकीय क्षेत्रको विकासमा सहयोगी भएको उनले बताए । उनले थपे, “अब गुरुयोजनाअनुसार नै अयोध्याधामलाई पर्यटकीय क्षेत्र बनाउने कार्य सुरु हुन्छ ।”

माडीमा अयोध्याधाम निर्माणका लागि डेकोर स्टुडियो प्रालिले गत वर्ष नै गुरुयोजना तयार गरिसकेको छ । योजनाअनुसार अयोध्याधाममा काम गर्न दुई अर्ब ५० करोडदेखि तीन अर्ब रुपियाँसम्म खर्च लाग्ने अनुमान छ ।

अयोध्यापुरीलाई ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सहरका रूपमा विकास गर्ने गुरुयोजनामा उल्लेख छ । सङ्घीय सरकारले आर्थिक वर्ष २०७८र७९ मा माडी अयोध्यापुरीको अध्ययन, अन्वेषण, संरक्षण र भौतिक निर्माणका लागि दुई करोड रुपियाँ विनियोजन गरेको छ ।

“वैकुण्ठ तालसम्म पुग्ने वैकुण्ठमार्ग निर्माण गर्न माडी नगरपालिका-८ कार्यालयको पश्चिमपट्टि अयोध्या वाटिका बनाउन तथा वैकुण्ठ क्षेत्रस्थित चौर वा बाह्रघरे गाउँमा राम-सीता उद्यान तयार गर्न र बाँदरझुलामा हनुमानझुला निर्माण गर्न बागमती प्रदेश सरकारले आगामी आवका लागि बजेट विनियोजन गरेको छ”, संयोजक दवाडीले भने ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार माडी नगरपालिकामार्फत कार्यान्वयन हुने गरी पाँच पाण्डव कुण्ड संरक्षण गर्न आठ लाख रुपियाँ, शनि मन्दिर निर्माण गर्न र प्राकृतिक ताल संरक्षण गर्न १० लाख रुपियाँ विनियोजन भएको छ ।

गत वैशाखमा रामनवमीका दिन भगवान् श्रीराम, सीता र लक्ष्मणको मन्दिर निर्माण गरिएको छ । राजा दशरथले राज्य सञ्चालन गरेको दरबार, धर्मशाला, घोडसार, उद्यान तथा आधुनिक बसपार्क, विवाहमण्डप, वाल्मीकि आश्रमको निर्माणजस्ता कार्यलाई गुरुयोजनामा समेटिएको छ ।

पहिलो चरणमा राम-सीता, लक्ष्मणको मन्दिरसँगै गणेश र भगवतीको मन्दिर निर्माण अगाडि बढाउने गुरुयोजना दुईदेखि तीन वर्षभित्र सम्पन्न हुने बताइएको छ । पर्यटनविद् विश्व सुवेदी माडीमा अयोध्याधाम निर्माणसम्बन्धी योजना सफल भए चितवनमै धार्मिक पर्यटनमा नयाँ गन्तव्य थपिने बताउँछन ।

“अयोध्याधामले धार्मिक पर्यटनको विकासमा टेवा पुग्नेछ”, उनले भने, “विश्वभरिका हिन्दू धर्म मान्ने धार्मिक पर्यटकको एउटा गन्तव्य चितवनको माडीमा थपिएको छ ।” गत वर्ष असार २९ गते भानुजयन्तीका दिन आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भगवान् राम नेपालकै माडीको अयोध्यामा जन्मिनुभएको तथ्य प्रमाण रहेको चर्चा गरेपछि माडी धार्मिक पर्यटकीय क्षेत्रका रूपमा चर्चामा आएको हो । आजको गोरखापत्र दैनिकमा वसन्त पराजुलीले लेखेका छन् ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ७ : १९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम