९ श्रावण २०८३, शनिबार | July 25, 2026

नयाँ सरकारसँग तिक्तता बढे पछि फ्रान्सले बन्द गर्‍यो नाइजेरियाको दुतावास



पेरिस । नाइजेरियामा रहेको फ्रान्सेली दूतावास अर्को सूचना नभएसम्म बन्द भएको छ । फ्रान्सेली विदेश मन्त्रालयले नाइजेरियामा रहेको दुतावास अर्को सुचना नगरेसम्म बन्द भएको जानकारी दिएको हो ।

फ्रान्सेली विदेश मन्त्रालयका प्रवक्ताले एक विज्ञप्तिमा भने, ‘पाँच महिनादेखि हाम्रो दूतावास गम्भीर रूपमा बाधा परिरहेको थियो, जसका कारण कूटनीतिक नियोगमा अवरोध पुग्दै आएको थियो ।’

‘दूतावास वरपरको नाकाबन्दी लगाइएको थियो, कर्मचारीहरूको लागि यात्रा प्रतिबन्ध थियो र कुनै पनि कूटनीतिक कर्मचारीलाई नाइजरमा यात्रा गर्न अनुमति दिन अस्वीकार गर्नु कूटनीतिक सम्बन्धमा भियना महासन्धिको स्पष्ट उल्लङ्घन थियो,’ विज्ञप्तिमा भनिएको छ ।

जसका कारण नाइजेरियामा रहेका दूतावास बन्द गर्ने एक अत्यन्त दुर्लभ निर्णय डिसेम्बर २२ मा गरियो र नाइजरमा तैनाथ अन्तिम फ्रान्सेली सैनिकहरूको फिर्तासमेत गर्ने निर्णय लिइएको मन्त्राययले जनाएको छ ।

नाइजेरियामा गत जुलाईमा सैन्य कूमार्फत राष्ट्रपति मोहम्मद बजौमलाई हटाइएको थियो । जुलाई २६ मा भएको विद्रोह पछि नयाँ सत्तारुढ सेनाले तुरुन्तै १५ सय फ्रान्सेली सैनिकहरूलाई देश छाड्नु पर्ने सर्त राख्यो र पेरिससँग सो अघि भएका सबैजसो सैन्य सम्झौताहरूको निन्दा गरेको थियो ।

जसका कारण नाइजेरियाको नयाँ सरकार र फ्रान्स बिच तिक्ता बढन पुगेको थियो, जसको परिणाम अन्तत फ्रान्सले नाइजेरियामा रहेको दुतवास नै अर्को सुचना नभएसम्मका लागि बन्द गर्ने निर्णय लिएको हो ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ८ : ५० बजे

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने बेला आएको छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

काठमाडौं । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति

घुससहित भुमिगत जलस्रोत सर्लाहीकी प्रमुख ढकाल र अधिकृत चौधरी पक्राउ

सर्लाही । भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन

नेपालगन्जका विभिन्न चोकमा एकैदिन ६ वटा सालिकको अनावरण

नेपालगन्ज । नेपालगन्जको नगर क्षेत्रहरुमा रहेका बिभिन्न चोकहरुमा एकैदिन ६

गाभीले नेपालसँग खोपको रकम फिर्ता नमाग्ने

काठमाडौं । खोपका लागि ग्लोबल अलायन्स  (गाभी)ले नेपालसँग तीन लाख