३१ श्रावण २०८३, आइतबार | August 17, 2026

एमालेलाई राष्ट्रिय शक्तिकारुपमा स्थापित गर्नुपर्ने



काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको आवश्यकताका हिसाबले एमालेको सामथ्र्य कमजोर रहेको बताएका छन ।

राष्ट्रिय अपाङ्गता सङ्गठन नेपालको १६ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रम उनले एमालेलाई राष्ट्रिय आवश्यकता पूरा गर्नसक्ने बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न जरुरी भएको बताए ।

देशलाई आर्थिक समस्याबाट मुक्त गर्नेजस्ता चुनौतीबाट बाहिर निकाल्ने सङ्कल्पकासाथ पार्टी लाग्नुपर्ने बताउँदै उनले मुलुकलाई जोगाउन एमाले बलियो राष्ट्रिय पार्टीकारुपमा स्थापित हुन जरुरी छ, भने ।

महासचिव पोखरेलले सबैको प्रयासले एमाले अहिलेको ठाउँमा उभिन सफल भएको भन्दै उनले त्यसमा सन्तुष्ट भएर बस्न नहुने बताए । उनले पार्टीको सङ्गठनको दायरा फराकिलो बनाउन लागिरहेको भन्दै सबै समुदायलाई सङ्गठित गरेर पार्टीसँग जोड्नुपर्ने बताए ।

महासचिव पोखरेलले अपाङ्गताका नाममा भएका सामाजिक विभेद र उपेक्षालाई राज्यको कानुन र संरचनागत प्रबन्धद्वारा हटाउनुपर्ने बताए । उनले अपाङ्गता भएकाहरुको सम्मान गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ९ : २१ बजे

यो पार्टी पुनर्गठनको समय होइन, यो त जनतामा पुनर्जागरण गराउने बेला हो : ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यतिखेर पार्टी

आफै ग्यास बेच्ने निर्णयबाट पछि हट्यो निगम, सोमबारदेखि बिक्रेताबाट ग्यास बिक्री गरिने

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि सम्बन्धित

दोरम्बा हत्याकाण्डका सहिदको सपना अझै अधुुरो : नारायणकाजी श्रेष्ठ

रामेछाप । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले दोरम्बा

भाइरल ज्वरोपछि पूर्वाधारमन्त्री लम्साललाई सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइयो

काठमाडौं । सुदूरपश्चिमको पूर्वाधार अवस्थाको निरीक्षण तथा जनताका समस्या बुझ्न

बागलुङमा विपद् : आठ घरमा क्षति, ४० उच्च जोखिममा

बागलुङ । बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण