११ असार २०८३, बिहिबार | June 25, 2026

भारतीय विदेशमन्त्री जयशंकरले आज पशुपतिनाथको दर्शन गर्ने



काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर आज पशुपतिनाथको दर्शन गर्न पुग्दैछन । दुई दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका विदेशमन्त्री जयशंकर आज पशुपतिनाथ दर्शन गर्न जान लागेका हुन । उनी आजै स्वदेश फर्कदैछन ।

हिजो बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा अवतरण गरेका  विदेशमन्त्री जयशंकरको पहिलो शिष्टचार भेट बिहिबार बिहान ११ः०० शितल निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भएको थियो भने अपरान्ह १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टचार भेटवार्ता गरेका थिए ।

दिउँसो १ बजे होटल याक एन्ड यतीमा समकक्षी परराष्ट्र मन्त्री एनपी साउँदसँग द्धिपक्षिय भेटबार्ता गरेका जयशंकरले नेपाल भारत बिच उर्जालगायत विषयमा सहमति पत्रमा हस्ताक्षर कार्यक्रममा उपस्थित भएका थिए ।

जुन सम्झौतापछि नेपालले भारतलाइ १० हजार मेगावाट बिजुली बेच्ने सुनिश्चितता कायम गरेको थियो भने अर्थ मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयको स्विकृतिमा २० करोडसम्म भारतले सहयोग उपलब्ध गराउने सम्झौता गरिएको थियो ।

सो सम्झौता पछि विदेशमन्त्री जयशंकरमा राजनीतिक नेतासँग भेटवार्ता गरेका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनको भेटवार्ता भएको थियो ।

साँझ ६ः१५ देखी सोल्टी होटलमा विदेशमन्त्री जयशंकरको सम्मानमा आयोजित रात्री भोजमा सहभागी भएका विदेशमन्त्री जयशंकर आज पशुपतिनाथको दर्शन गर्न जान लागेका हुन् ।

हिजो दिनभर औपचारिक कार्यक्रममा व्यस्त रहे पनि आज भने भारतीय विदेशमन्त्री जयशंकर अनौपचारिक कार्यक्रममा सहभागी हुनेछन, जसअनुसार आज बिहान पशुपतिनाथको दर्शन गर्नेछन भने उनले पुर्ननिमार्ण भईरहेका भवनहरुको निरिक्षण गरेर आजै अपरान्ह १२ बजे स्वदेश फर्कनेछन् ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ८ : ०६ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा