२० मंसिर २०८२, शनिबार | December 6, 2025

भारतीय विदेशमन्त्री जयशंकरले आज पशुपतिनाथको दर्शन गर्ने



काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर आज पशुपतिनाथको दर्शन गर्न पुग्दैछन । दुई दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका विदेशमन्त्री जयशंकर आज पशुपतिनाथ दर्शन गर्न जान लागेका हुन । उनी आजै स्वदेश फर्कदैछन ।

हिजो बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा अवतरण गरेका  विदेशमन्त्री जयशंकरको पहिलो शिष्टचार भेट बिहिबार बिहान ११ः०० शितल निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भएको थियो भने अपरान्ह १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टचार भेटवार्ता गरेका थिए ।

दिउँसो १ बजे होटल याक एन्ड यतीमा समकक्षी परराष्ट्र मन्त्री एनपी साउँदसँग द्धिपक्षिय भेटबार्ता गरेका जयशंकरले नेपाल भारत बिच उर्जालगायत विषयमा सहमति पत्रमा हस्ताक्षर कार्यक्रममा उपस्थित भएका थिए ।

जुन सम्झौतापछि नेपालले भारतलाइ १० हजार मेगावाट बिजुली बेच्ने सुनिश्चितता कायम गरेको थियो भने अर्थ मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयको स्विकृतिमा २० करोडसम्म भारतले सहयोग उपलब्ध गराउने सम्झौता गरिएको थियो ।

सो सम्झौता पछि विदेशमन्त्री जयशंकरमा राजनीतिक नेतासँग भेटवार्ता गरेका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनको भेटवार्ता भएको थियो ।

साँझ ६ः१५ देखी सोल्टी होटलमा विदेशमन्त्री जयशंकरको सम्मानमा आयोजित रात्री भोजमा सहभागी भएका विदेशमन्त्री जयशंकर आज पशुपतिनाथको दर्शन गर्न जान लागेका हुन् ।

हिजो दिनभर औपचारिक कार्यक्रममा व्यस्त रहे पनि आज भने भारतीय विदेशमन्त्री जयशंकर अनौपचारिक कार्यक्रममा सहभागी हुनेछन, जसअनुसार आज बिहान पशुपतिनाथको दर्शन गर्नेछन भने उनले पुर्ननिमार्ण भईरहेका भवनहरुको निरिक्षण गरेर आजै अपरान्ह १२ बजे स्वदेश फर्कनेछन् ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ८ : ०६ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले