१० पुस २०८२, बिहिबार | December 25, 2025

गाँजा मिसाएर केक बिक्री गरेको आरोपमा एकजना पक्राउ



काठमाडौं । प्रहरीले लागुऔषध गाँजा मिसाएर केक तयार गरी अनलाइनमार्फत बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इन्स्टाग्राममा एकाउन्ट बनाएर लागुऔषध प्रयोग गरी मफिनलगायत केक बनाएर अनलाईनमार्फत बिक्री गरेको अभियोगमा काठमाडौं घट्टेकुलो बस्ने २६ वर्षीय विशन मानन्धरलाई पक्राउ गरेको जनाएको हो ।

विशनले विगत एक वर्षदेखि आफ्नै घरमा गाँजा मिसावट गरिएका केकका विभिन्न प्रकारहरू बनाएर अनलाइन डेलिभिरी गरेको खुलेको ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए । उक्त केक प्रयोगकर्ता विशेषगरी होष्टलमा बसेका युवाहरू रहेको देखिएको उनले बताए ।

विशनको कोठामा खानतलासी गर्दा गाँजाको धुलो १२१ ग्राम, तयारी अवस्थाको केकको झोल १७८ ग्राम, लागुऔषध गाँजा ३ केजी ७५४ ग्राम, सेतो रङको डिजिटल तराजु १, इलेक्ट्रिक ओभन १, ग्लोबल आईएमई बैंकको एटिएम कार्ड, अर्डरको सामान डेलिभरी गर्ने नीलो र रातो रङका हाते झोलालगायत बरामद गरिएको थपलियाले बताए ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ५ : ०१ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु

बजार पहुँच नहुँदा किसानको दूध घरमै

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पु¥याउन