८ चैत्र २०८२, आइतबार | March 22, 2026

बुटवलको पार्किङ व्यवस्थापनमा बुटवल उद्योग वाणिज्य संघको अग्रसरता



बुटवल । बुटवल उद्योग बाणिज्य संघ रूपन्देहीले पार्किङ व्यवस्थापनमा अग्रसरता देखाएको छ । पार्किङको अभावका कारण उपभोक्ताहरू पसलमा आउन समस्या भएको निष्कर्षका साथ संघ पार्किङ ब्यवस्थापनमा अग्रसरता देखाएको हो ।

बुटवलको पार्किङ व्यवस्थापनका लागि बुटवल उपमहानगरपालिका वडा नं ५ का अध्यक्ष हरीप्रसाद श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन भएको छ । संघको तीन बर्षे रणनीतिक योजना अन्तर्गत आइतबार संघको सचिवालयमा भएको पार्किङ व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गएिको हो ।

बुटवल उद्योग बाणिज्य संघ रूपन्देहीका बरिस्ठ उपाध्यक्ष टंकप्रसाद गैरे सह संयोजक रहेको कार्यदलमा बुटवल उपमहानगरपालिकाका, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, इलाका प्रहरी कार्यालय बुटवल, बुटवल उपमहानगरपालिका वडा नं ६, वडा नं ४ का प्रतिनिधि तथा रूपन्देही व्यापार संघ र रूपन्देही उद्योग व्यापार संगठनका प्रतिनिधि सदस्य रहेको संघका उपाध्यक्ष सुरज भट्टराईले जानकारी दिए ।

कार्यक्रमको उदेश्यबारे प्रकाश पार्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरीप्रसाद अर्यालले पार्किङको समस्याका कारण उपभोक्ताहरू बुटवलका पसलमा आउने क्रम कम हुदै जान थालेकोले संघले पार्किङ व्यवस्थापनमा अग्रसरता देखाएको जानकारी गराए । पार्किङ ब्यवस्थापनले बुटवल बजारको सौन्दर्यकरण बढ्नुकासाथै बजार थप चलायमान हुने उनको विश्वास छ ।

अन्तरक्रिया कार्यक्रममा बुटवल उपमहानगपालिका वडा नं ५ का अध्यक्ष हरीप्रसाद श्रेष्ठ, वडा नं ६ का अध्यक्ष लोकनाथ न्यौपाने, बुटवल उपमहानगरपालिका राजश्व शाखाका उपनिर्देशक डोलराज पौडेललगायतले बुटवलमा पार्किङ ब्यवस्थापन जरुरी रहेको भन्दै उपयुुक्त पार्किङ स्थलको खोजि गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ८ : ३२ बजे

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड