२९ मंसिर २०८२, सोमबार | December 15, 2025

एकवर्ष अघि पार्टी छाडेको घोषणा गरेका राजु गुरुङले आज दिए पार्टीबाट राजीनामा



बुटवल । झण्डै १ वर्ष अगाडि पार्टी छाडेर स्वतन्त्र भएको घोषणा गरेका रुपन्देहीका राजु गुरुङले आज पुनः नेकपा (एकीकृत समाजवादी) पार्टीबाट राजीनामा दिएका छन् । समाजिक सञ्जालबाट एक वर्ष अघि पार्टीको सबै पद त्यागेर स्वतन्त्र भएको घोषणा गरेका गुरुङले आज लिखित राजीनामा सार्वजनिक गरेका हुन् ।

उनले मंगलबार पार्टी नेतृत्वलाई राजीनामा बुझाएको जनाएका छन्। उनले अध्यक्षलाई संबोधन गर्दै लेखिएको राजीनामा सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् । “जिवनमा न त कहिल्यै चिरउरीको अपेक्षा नै गरें ! न त कहिल्यै कसैको चिरउरी नै गरें !!” राजीनामा सहित उनले सामाजिक सञ्जालमा लेखेका छन्

raju_gurung

राजीनामापत्रमा उनले पार्टीको सदस्यता र पार्टीले आफूलाई सुम्पेको केन्द्रीय कमिटी सदस्य र लुम्बिनी प्रदेश कमिटी सचिवको जिम्मेवारी निर्वाह गर्न असमर्थ भएकाले राजीनामा दिएको उल्लेख गरेका छन् ।

राजीनामा पोष्ट भएलगत्तै खबरकुरासँग कुरा गर्दै गुरुङले पहिले फेसबुकबाट पार्टी छाडेको र अहिले लिखित राजीनामा दिएको बताए । उनले पार्टी केन्द्रको छैठौं बैठकबाट पार्टीमा आफ्नो फरकमत रहेको उल्लेख गर्दै फरकमतको सम्बोधन नभएपछि पार्टीको सदस्य समेत नरहने गरि लिखित राजीनामा दिएको बताए ।

गुरुङ एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीमा सुरुदेखि नै लागेका थिए । उनी गत प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही क्षेत्र नं.२ बाट गठबन्धनको तर्फबाट उम्मेदवार समेत बनेका थिए । तर निर्वाचन आयोगले कालोसूचीमा रहेको भन्दै उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ५ : ४५ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले