८ चैत्र २०८२, आइतबार | March 22, 2026

युवा उद्यमी मन्च रुपन्देहीको आयोजनामा ‘तेस्रो युवा उद्यमी सम्मेलन-२०२४’ हुदैं



बुटवल । नेपाली युवा उद्यमी मन्च रुपन्देहीको आयोजनामा यहि माघ १३ गते शनिबार तेस्रो युवा उद्यमी सम्मेलन २०२४’ हुने भएको छ । कोटिहवामा रहेको टाइगर प्यालेस रिसोर्टमा आयोजना हुने सम्मेलनको तयारी तिब्र पारिएको छ ।

कार्यक्रमका प्रमुख वक्तामा निमबुस समुहका एमडी आनन्द बगारिया,प्यानल छलफलमा मध्यस्थ कर्ता पत्रकार रुपेश श्रेष्ठ, प्यानल सदस्यमा नेपाली युवा उधमी मन्च रुपन्देहीका सस्थापक अध्यक्ष आनन्द वझा , एनएमबी बैंक लिमिटेड का एमएसएमई र एसएमई प्रमुख उत्सव घिमिरेको सहभागीता हुने भएको छ ।

यस्तै उद्यमी प्रेरणादायक कथा सुनाउन पूर्व मिस नेपाल तथा माकुसे ब्रान्डका प्रमुख कार्यकारी अधिकृत अनुष्का श्रेष्ठ, दराज नेपाल का बजार प्रमुख प्रशान्त बुर्लाकोटी, उद्यमशीलता यात्रा ओहो केक काठमाडौंका प्रमुख सन्तोष पाण्डे, हाइलाइफ फूड र पहाडी फूडका संचालक प्रशान्त घिमिरे, इभी पावर इनर्जी एण्ड फर्टिलाइजर प्रा लिका संचालक अभिरथ अग्रवाल लगायतको विशेष प्रस्तुत रहने जनाइएको छ ।

सम्मेलनमा रुपन्देही रअरु विभिन्न सहरका नयाँ उद्यमीको नयाँ उत्पादनको प्रदर्शन स्टल र प्रचार र मार्केटिंग समेत गरिने युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष सन्देश श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ६ : ०७ बजे

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड