८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

युवा उद्यमी मन्च रुपन्देहीको आयोजनामा ‘तेस्रो युवा उद्यमी सम्मेलन-२०२४’ हुदैं



बुटवल । नेपाली युवा उद्यमी मन्च रुपन्देहीको आयोजनामा यहि माघ १३ गते शनिबार तेस्रो युवा उद्यमी सम्मेलन २०२४’ हुने भएको छ । कोटिहवामा रहेको टाइगर प्यालेस रिसोर्टमा आयोजना हुने सम्मेलनको तयारी तिब्र पारिएको छ ।

कार्यक्रमका प्रमुख वक्तामा निमबुस समुहका एमडी आनन्द बगारिया,प्यानल छलफलमा मध्यस्थ कर्ता पत्रकार रुपेश श्रेष्ठ, प्यानल सदस्यमा नेपाली युवा उधमी मन्च रुपन्देहीका सस्थापक अध्यक्ष आनन्द वझा , एनएमबी बैंक लिमिटेड का एमएसएमई र एसएमई प्रमुख उत्सव घिमिरेको सहभागीता हुने भएको छ ।

यस्तै उद्यमी प्रेरणादायक कथा सुनाउन पूर्व मिस नेपाल तथा माकुसे ब्रान्डका प्रमुख कार्यकारी अधिकृत अनुष्का श्रेष्ठ, दराज नेपाल का बजार प्रमुख प्रशान्त बुर्लाकोटी, उद्यमशीलता यात्रा ओहो केक काठमाडौंका प्रमुख सन्तोष पाण्डे, हाइलाइफ फूड र पहाडी फूडका संचालक प्रशान्त घिमिरे, इभी पावर इनर्जी एण्ड फर्टिलाइजर प्रा लिका संचालक अभिरथ अग्रवाल लगायतको विशेष प्रस्तुत रहने जनाइएको छ ।

सम्मेलनमा रुपन्देही रअरु विभिन्न सहरका नयाँ उद्यमीको नयाँ उत्पादनको प्रदर्शन स्टल र प्रचार र मार्केटिंग समेत गरिने युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष सन्देश श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ६ : ०७ बजे

बागलुङका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै

बागलुङ । बागलुङमा यस वर्ष ११ हजार सात सय ७१

संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदल बैठक बस्दै, सहमतिको सम्भावना न्यून

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिन गर्न बनाउने भनिएको संसदीय

लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण

म्याग्दी । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने

बैशाख मसान्तसम्म ११ खर्ब ७७ अर्ब १८ करोड व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्षको बैशाख मसान्तसम्ममा ११ खर्ब ७७

स्लट लिभरपुलको प्रशिक्षक नियुक्त

काठमाडौं । आर्ने स्लट लिभरपुलको  प्रशिक्षक बनेका छन् । लिभरपुलले