३० बैशाख २०८१, आइतबार | May 12, 2024

बाँकेको राप्ती सोनारीमा सिकलसेल तथा थालेसिमिया बीमा कार्यक्रम संचालन



नेपालगन्ज । बाँकेको राप्ती सोनारीमा सिकलसेल थालेसिमिया, हेमोफिलियाका बिरामी तथा परिवारका लागि प्रदेश सरकारबाट निशुल्क स्वास्थ्य बीमा कार्यक्रम संचालन गरिएको छ । राप्ती सोनारी गाउँ पालिकामा निदान भएको ३३ जना बिरामीको बीमा कागज बिरामीहरुलाई हस्तान्तरण गर्दै स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ गरिएको हो ।

सो अवसरमा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले बिरामीहरुलाई बीमा कागज हस्तान्तरण गरेका थिए । कार्यक्रम शुभारम्भ कार्यक्रममा बोल्दै प्रदेश स्वास्थ्य मन्त्री खनालले सिकलसेल लगायतका हाल बढदो प्रकोपमा रहेका नसर्ने रोग को नियन्त्रण , रोकथाम तथा उपचार ब्यबस्थापनमा सेवाको पहुँच नपुगेका नागरिकलाई सेवाको पहुँच पुर्याउन आधारभुत लगायत बिशिस्टकृत सेवा सर्बसुलभ बनाउन लुम्बिनी प्रदेश सरकार लागि परेको बताए ।

शहरी बिकास मन्त्री कृष्णा के.सि. नमुनाले सिकलसेल एनिमिया को रोकथाम उपचारका लागि लुम्बिनी प्रदेश सरकारले प्राथमिकतामा राखेको र बिगत बर्षहरु देखि नै सिकल सेलको निदान , उपचार तथा तथा रोकथामको लागि बजेट तथा कार्यक्रम प्राथमिकतामा रहेको बताइन् ।

राप्ती सोनारी गाउँपालिका प्रमुख तप्त पौडेलले राप्ती सोनारी गाउँ पालिकाका ९ वटै वडाका थारु समुदायका सबै ब्यक्ति हरुको सिकलसेल जाँच गर्ने योजना रहेकाले त्यसकालागी प्रदेश सरकारले बजेट तथा कार्यक्रममा सहयोग गरि रगत जाँच, उपचार तथा बिमा कार्यक्रममा सहयोग गर्न अनुरोध गरे । उनले भौगोलिक हिसाब र जनसंख्याको हिसाबले ठूलो स्थानीय तह भएकोले राप्ती सोनारी गाउँ पालिकाको राप्तीसोनारी अस्पताललाई प्रदेश सरकारले प्रदेश सरकार अन्तर्गतको अस्पतालमा राख्न आग्रह गरे ।

कार्यक्रममा प्रदेश सभा सदस्य सन्जु चौधरी ,माया पुन , शुशिला नेपाली, मिना सिद्दिकी, स्वास्थ्य मन्त्रालयका सचीव डा जनार्दन पन्थी , स्वास्थ्य निर्देशनालय निर्देशक डा. बिनोद कुमार गिरि, भेरी अस्पताल बिकास समिती अध्यक्ष बिरेन्द्र शाह लगायतको उपस्थिति रहेकोे थियो ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ८ : ३४ बजे

संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन

सिन्धुपाल्चोक । संसदको पूर्वाधार विकास समितिअन्तर्गतको खानेपानी उपसमितिले राष्ट्रिय गौरवको

चिदिका-रुपन्देही सम्पर्क समाजमा गीता ज्ञवाली

बुटवल । चिदिका-रुपन्देही सम्पर्क समाज बुटवलको अध्यक्षमा गीता ज्ञवाली चयन

गायक रवि ओडले गरे आत्मसमर्पण

धनगढी । नेपाल आइडल सिजन २ का विजेता रवि ओडले

एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज पनि जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि

कोलकोता आइपिएलको प्लेअफमा

काठमाडौं । कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को