८ चैत्र २०८२, आइतबार | March 22, 2026

यसै वर्षबाट नरैनापुरमा अपरेशन सहितको प्रसुतिकेन्द्र संचालन गर्न प्रदेश स्वास्थ्य मन्त्रीको निर्देशन



नरैनापुर । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले यसै आर्थिक वर्ष भित्र नरैनापुरमा अपरेशन सहितको बृहत प्रसुति सेवा विस्तार सहित सेवा प्रदानको काम गर्न निर्देशन गरेका छन् ।

प्रदेश स्वास्थ्य मन्त्रालय र प्रदेश स्वास्थ्य निर्देशनालयको टोली सहित नरैनापुर पुगेका मन्त्री खनालले बांके जिल्लाको दुर्गम गाउँपालिका भएको र नेपालगंजबाट ४० किलो मिटरको दुरीमा रहेका कारण जटिल प्रकारका प्रसुतिहरुलाई आधारभुत अस्पताल मै अपरेशन द्वारा प्रसुति सेवा विस्तारका लागी लुम्विनि प्रदेश सरकारबाट यस आवमा ५० लाख बजेट विनियोजन गरेको बताए ।

उनले नरैनापुरको स्थानीय तहको सहयोग तथा सहकार्यमा सेवा प्रदानका लागी औजार उपकरण तथा दक्ष जनशक्तीको ब्यवस्था तत्काल ब्यवस्थापन गरि यसैवर्षबाट सेवा प्रदानको ब्यवस्था गर्न मन्त्री खनालले निर्देशन दिए । सेवा प्रदान गर्नका लागी प्रदेश सरकारले आबश्यक सहयोग गर्ने प्रतिवद्धता समेत उनले ब्यक्त गरे ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष ईत्सियाक अहमद शाहले दुर्गम स्थानलाई प्राथमिकतामा राखेर नरैनापुर पुगेकोमा स्वास्थ्य मन्त्री सहितको टोलीलाई धन्यबाद दिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य कृष्णा के.सी. नमुनाले नरैनापुर क्षेत्रको बिकासमा आफु दिन रात लागि परेको र नरैनापुरको आधारभुत अस्पतालमा अपरेशन सहितको बृहत प्रसुति सेवा बिस्तारका लागी आफुले प्रदेश सरकारको तर्फबाट सबै सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।

कार्यक्रममा प्रदेश सभासदस्य सन्जु चौधरी, माया पुन, शुशिला नेपाली, मिना सिद्धिकी, स्वास्थ्य मन्त्रालयका सचीव डा. जनार्दन पन्थी , स्वास्थ्य निर्देशनालय निर्देशक डा. बिनोद कुमार गिरि, भेरी अस्पताल बिकास समिती अध्यक्ष बिरेन्द्र शाहलगायत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ८ : ५१ बजे

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली