३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

राष्ट्रिय भलिबल प्रतियोगिता : आर्मीलाई हराउँदै गण्डकी तेस्रो



सुर्खेत । सुर्खेतमा जारी राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टोली आर्मीलाई पराजित गर्दै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा गण्डकीले आर्मीलाई ३-१ को सेटमा पराजित गरेको हो ।

यसअघि समूह चरणको खेलमा गण्डकी आर्मीसँग ३-० को सोझो सेटमा पराजित भएको थियो । पहिलो सेट गण्डकीले २५-२२ अङ्कले जित्यो ।

दोस्रो सेट रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्यो । उक्त सेटमा आर्मी २६-२४ अङ्कले विजयी भयो । तेस्रोमा गण्डकीले २६-२४ अङ्कले बाजी मार्यो । २४-२४ अङ्कको बराबरी भएको अवस्थमा गण्डकीका स्पाइकर रवि केसीले लगातार दुई अङ्क दिलाएपछि जित सहज भयो । चौथो सेटमा गण्डकी पूर्णरूपमा आफ्नो नियन्त्रणमा राख्न सफल भयो । उक्त सेट गण्डकीले २५-२२ अङ्कले जित्यो ।

आजै उपाधिका लागि दुई विभागीय टोली एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदै छ । एपिएफले गण्डकीलाई तथा पुलिसले आर्मीलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा भेट पक्का गरेका हुन् ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  २ : ३९ बजे

यसवर्षका हज यात्रीलाई नेपालगन्जबाट विदाई, यस्तो छ हजको महत्व

नेपालगन्ज । यसवर्ष हज गर्न जाने बाँकेका हज यात्रीलाई बुधबार

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने

काठमाडौं ।राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ

तराईको गर्मीमा पनि लटरम्म स्याउ

कैलाली । तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुन्दा अचम्म

रुसी राष्ट्रपति पुटिन चीन भ्रमणमा

बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय

विपक्षीको नारावाजीका बीच सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन्