१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

राष्ट्रियसभा सदस्य निर्वाचन : उमेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन आज



काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि शुक्रबार उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन गर्दैछ । राष्ट्रिय सभा सदस्यका लागि ८ वटा राजनीतिक दलका ५२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

उम्मेदवारले शुक्रबार आफ्नो नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले बताएको छ । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन आजै गर्ने जनाएको छ ।

राष्ट्रिय सभा उम्मेदवारहरूलाई शनिबार निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ । निर्वाचनका लागि सात प्रदेशमा एकरएक मतदान स्थल र दुई/दुई मतदान केन्द्र कायम गरिएको छ ।

राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ स्थानका लागि माघ ११ गते निर्वाचन हुँदैछ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ९ : ३७ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सोमबार एक हजारभन्दा

खोलाले बगाएर बेपत्ता

गण्डकी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५

चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन । जिल्लामा ५२१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन्

नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको

प्रतिनिधिसभाको बैठक बस्दै, जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे