४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

शिवम् सिमेन्ट्सको आठौं बार्षिक साधारण सभा सम्पन्न, शेयरधनीलाई १५ प्रशितशत लाभांश



काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाबाट आ.व. २०७९/०८० सम्मको संचित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

आ.व. २०७९/०८० सम्मको संचित मुनाफाबाट (शेयर प्रिमियम वापतको रकम यथावत रुपमा कम्पनीमा नै संचित राखी) अन्य संचित रकमबाट शेयरधनीलाई चुक्तापूँजी रु ४ अर्व ४० करोडको १४.२५ प्रतिशतका दरले रु. ६२ करोड ७० लाख बराबरको वोनस शेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनकालागि) रु. ३ करोड ३० लाख नगद लाभांश सहित आफ्ना शेयरवालाहरुलाई कूल जम्मा १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको कम्पनीले एक विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

हाल कम्पनीको अधिकृत पुँजी ७ अर्व र जारी तथा चुक्तापूँजी रु. ४ अर्व ४० करोड रहेकोमा १४.२५ प्रतिशतकाका दरले बोनश शेयर वितरण गरे पश्चात कम्पनीको जारी तथा चुक्तापूँजीमा बृद्धि भई ५ अर्व २ करोड ७० लाख कायम हुनेछ ।

शिवम् सिमेन्ट्स लिमिटेडको काठमाडौंमा आयोजना गरेको आठौं वार्षिक साधारण सभा कम्पनीको संचालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा बसेको थियो । सभाले संचालक समितिले प्रस्ताव गरेका सामान्य प्रस्ताव र विशेष प्रस्तावहरु पारित गरी सभा सम्पन्न गरेको छ ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  १ : ३७ बजे

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं । फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा

धरौटीमा रिहा भए रवि ओड

काठमाडौं । नेपाल आइडल फेम गायक रवि ओड धरौटीमा रिहा

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य