१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी निर्विरोध



टीकापुर। नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष पदमा संरक्षक रेशमलाल चौधरीको मात्र उम्मेदवारी परेको छ ।

बिहीबारबाट सुरु भएको महाधिवेशन नयाँ कार्यसमिति चयन गर्न शुक्रबार भएको मनोनयन दर्ताको समयावधिमा अध्यक्ष पदमा रेशमलाल चौधरीको मात्र उम्मेदवारी दर्ता भएको हो । योसँगै अध्यक्षमा निर्विरोध भएका छन् । तर, यसको औपचारिक घोषणा हुन भने बाँकी छ ।

टीकापुरमा बिहीबारबाट सुरु भएको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत शुक्रबार नयाँ कार्यसमिति चयनका लागि मतदान हुँदै छ । यसअघि शुक्रबार नै मनोनयन दर्ताको समय तोकिएको छ । जसअनुसार अध्यक्ष पदमा रेशमलालको मात्र उम्मेदवारी परेको छ भने वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डितको उम्मेदवारी परेको छ ।

यसैगरी उपाध्यक्षमा अम्बरबहादुर लिम्बू, रतनबहादुर थापा, दुर्गा पन्त, राजेश अधिकारी, शिवकुमार बास्तोला, हिमाञ्चलराज भट्टराई, तेजबहादुर भुजेल, रामकुमार महतो, महेन्द्र पुन र इन्द्रकुमारी लिम्बूको उम्मेदवारी परेको छ ।

यसैगरी महासचिव पदमा धर्मबहादुर चौधरी, ठाकुरसिंह थारु र गंगाराम चौधरी डंगौराको उम्मेदवारी परेको छ ।

साथै सहमहासचिव पदमा रामलाल डंगौरा, पदम अधिकारी, पवनकुमार साह, दिलकुमार लावती, राजन गुरुङ, प्रेमवती राना र निरबहादुर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

सचिवमा तुलसीप्रसाद चौधरी, ललित तम्राकार, चन्द्रकुमार चौधरी र विजयकुमार बस्नेतको मनोनयन दर्ता भएको छ ।

सहसचिवमा पुष्पलता रेग्मी अधिकारी, करिश्मा कठरिया, अहमद हुसेन मनिहार, मणिराम भण्डारी, लालबहादुर रावल र अम्बरबहादुर लिम्बू ९इजम०को उम्मेदवारी परेको छ । कोषाध्यक्षमा टीकालक्ष्मी चौधरीको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ३ : ०९ बजे

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने