नेपालगन्ज । नेपालगन्जबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस राप्ती नदीको पुलबाट नदीमा खस्दा २ जनाकाृ मृत्यु भएको छ । दाङको भालुवाङ स्थित राप्ती पुलबाट बस नदीमा खस्दा घाइते भएका १७ जनाको उद्दार गरिउको सशसत्र प्रहरी भालुवाङले जनाएको छ ।
उद्दार गरिएका १७ जनाको भालुवाङ स्थित प्रस्तावित अस्पतालमा उपचार भइरहेको छ । बसमा अझै केही घाइते हुन सक्ने आँकलन अनुसार उद्दार कार्य भइरहेको सशस्त्र प्रहरी भालुवाङका प्रमुख एसपी गोपाल श्रेष्ठले जानकारी दिए ।
नेपालगन्जबाट काठमाडौंका लागि छुटेको भे १ ख ३९१२ नम्बरको बस राप्ती पुलबाट नदीमा खसेको हो । प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले घाइतेहरुको उद्दार कार्य जारी राखेका छन् । मृतकको सनाखत हुन बाँकी छ ।



















प्रतिक्रिया