२४ बैशाख २०८१, सोमबार | May 7, 2024

भालुवाङ बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो



भालुबाङ । दाङको राप्ती नदीमा बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । बाँकेको नेपालगञ्जदेखि काठमाडौंका लागि छुटेको भे १ ख ३९१२ नम्बरको रात्रीबस शुक्रबार राती करिब १० बजेतिर राप्ती नदीमा खसेको थियो ।

प्रहरी चौकी भालुबाङका अनुसार दुर्घटनामा परि सातजनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकमध्ये तिनजनाको भालुबाङ स्वास्थ्य चौकी र दुईजनाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमध्ये हेटौंडाका ४५ वर्षीय सौरभ विष्ट र बाँके नेपालगञ्जकी ६० वर्षीया कुशुम बस्नेतको पहिचान खुलेपनी अन्य १० जनाको भने पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

बसमा ३५ जना यात्रु रहेको र २३ जना घाइते भएका छन् । घाइतेहरुको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ६ : ४७ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,