३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

एमाले उपाध्यक्ष बिष्णु पौडेलको अगुवाईमा बुटवल गोलपार्क-बसन्तपुर ‘हाइकिङ’ सुरु



बुटवल । बुटवल र यस आसपासका पर्यटकीय क्षेत्रको प्रचार गर्न भन्दै नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको आयोजनामा पदयात्रा गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटीको आयोजनामा सनिवार बिहान बुटवलको गोलपार्क देखि पाल्पाको बसन्तपुरसम्मको पैदलयात्रा सूरु गरिएको हो ।

समृद्धिको लागि पर्यटन प्रवर्द्धन नारा दिईएको हाइकिङ्ग यात्राको अगुवाई नेकपा एमाले उपाध्यक्ष एवं पुर्व उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले गरेका छन्। पदयात्रामा नेकपा एमाले पोलिटब्युरो सदस्य लिला गिरी, माधव शर्मा, खिमलाल भट्टराई, केन्द्रिय सदस्य, शावित्रा अर्याल गोमा देवी आचार्य, प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरे, जिल्ला अध्यक्ष तेजेन्द्र केसी,युवा संघका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको छ।

बुटवल र यस आसपास प्रयाप्त पर्यटकीय सम्भावना रहेको र पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागि पदयात्रा आयोजना गरिएको आयोजक राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष बिकासजंग बस्नेतले बताए।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ८ : २१ बजे

उद्योग, समाजसेवा र राजनीतिमा उभिएको व्यक्तित्व : चुन्नप्रसाद शर्मा पौडेल

बुटवल । समयको प्रवाहसँगै धेरै मानिसहरू जन्मन्छन् र हराउँछन्, तर

अधिकांश दलले सार्वजनिक गरे निर्वाचन घोषणापत्र

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने अधिकांश राजनीतिक

दलहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन – प्रचारदेखि आचारसम्म कडाइ

काठमाडौं । निर्वाचन आयोग ले फागुन २१ गते हुने निर्वाचनलाई

रुकुमको समग्र विकासका लागि उम्मेदवार बनेर आएँ : प्रचण्ड

रुकुमपूर्व। नेपाली कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले पुथा

रास्वपाले ल्यायो ल्याप्चे लगाएको नागरिक करारपत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनलाई लक्षित गर्दै