१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

जनविकास कृषि सहकारी संस्था कोटिहवाको ४० औ साधारणसभा सम्पन्न



तिलोत्तमा । ग्रामिण क्षेत्रमा वित्तिय सेवा प्रदान गर्ने उदेश्य सहित बि स २०२३ सालमा स्थापना भएको तिलोत्तमा-१५ कोटिहवामा रहेको जनविकास कृषि सहकारी सस्थाको ४० औँ साधारणसभा सम्पन्न भएको छ । साधारणसभा सहकारीका अध्यक्ष हरिलाल पाण्डेको अध्यक्षता एवं तिलोत्तमा नगरप्रमुख रामकृष्ण खांणको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खांणले, कृषि सहकारीहरुले व्यवसायिक तथा उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्र्नेे बताए । उनले सहकारीको मुल मर्मलाई टेकेर जनविकास कृषि सहकारीले ग्रामीण क्षेत्रमा रही थुप्रै उल्लेखनिय कामहरु गरेको स्मरण गरे । साथै उनले अब पनि निरन्तर रुपमा नागरिकको जिवनस्तर उकास्ने खालका कार्यक्रमहरुमा लगानी बढाउनुपर्ने तथा उत्पादनमूलक क्षेत्रमा लगानी गरी शेयर सदस्यहरुलाई व्यवसायिक रुपमा अघि वढ्न प्रोत्साहन गर्नुपर्ने उल्लेख गरेका छन । सो अवसरमा बोल्दै विशिष्ट अतिथि नगर उपप्रमुख जगेश्वर देवी चौधरीले सहकारीले आम नागरिकमा बचत गर्ने वानिको विकास गरेको बताइन । कृषि ऋण प्रवाह गर्दा व्यवसाय उन्मुख क्षेत्रलाई प्राथामिकतामा राख्नपर्ने चौधरीको सुझाव छ ।

सहकारीका अध्यक्ष हरिलाल पाण्डेले कार्यक्रमको सहजिकरणसँगै सस्थाको बार्षिक प्रगति प्रतिवेदन र भावी कार्यक्रमबारे जानकारी गराएको सभामा उमाशंकर सिंह खड्काले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । स्थानिय किसान बुद्धिजीवीहरुको पहलमा सुरु भएको जनविकास कृषि सहकारीमा हाल १ हजार ३ सय ३ शेयर सदस्य रहेका छन् ।

आर्थिक वर्ष २०७९÷८० मा सहकारीले १ करोड ३६ लाख ४३ हजार ८ सय ७३ रुपैया वरावरको कारोवार गरेको जनाएको छ । कार्यक्रममा नगर प्रमुख रामकृष्ण खाण, उप प्रमुख जगेश्वर देवी चौधरी, कृष्ण प्रसाद शर्मा बस्याल, वडा अध्यक्ष झविलाल भुसाल, वडा नम्बर ११ का अध्यक्ष बिष्णु बराल, नेकपा माओवादीका लक्ष्मण खनाल, जिबनलाल बस्याल, पुर्व जिल्ला सहकारी संघ का अध्यक्ष भुमिश्वर पन्थी, पन्चकन्या ग्रुपका देवेन्द्र श्रेष्ठ, पत्रकार एवं संस्थाका सदस्य दिवाकर पन्थि, कृषि सहकारी सञ्चालक समितिका पदाधिकारी, शेयर सदस्यहरु लगायतको उपस्थिती रहेको थियो । संस्थाका उपाध्यक्ष बेद गिरिको स्वागत रहेको कार्यक्रमको संचालन सचिव सत्यब्रत ज्ञवालीले गरेका थिए ।

 

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ७ : १५ बजे

सिरहाको लहानमा पनि अनिश्चितकालीन कर्फ्यु

सिरहा । सिरहाको लहान क्षेत्रमा पनि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन

सिरहाको गोलबजार गोली चल्दा एक जनाको मृत्यु, एक जना घाइते

सिरहाको गोलबजारमा बिहीबार प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक

देवानगञ्ज गोलीकाण्ड : उपचाररत अर्का युवाको पनि मृत्यु, मृतक संख्या दुई पुग्यो

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डमा

जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधामसहित आसपासका क्षेत्रमा अनिश्चितकालीन

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पदमै निरन्तरता पाउने