१६ बैशाख २०८३, बुधबार | April 29, 2026

नाउपाको संस्थापक अध्यक्ष श्रेष्ठ सहअध्यक्षमा मनोनित



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टीका संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । आज कैलालीको टीकापुरमा सम्पन्न प्रथम महाधिवेशनबाट पार्टीका संरक्षक रेशम चौधरी अध्यक्षमा निर्वाचित भएपछि बसेको पहिलो बैठकले विधान संशोधन गर्दै श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो ।

नाउपाले विधान संशोधन गरी दुईजना महासचिव हुने व्यवस्थासमेत गरेको छ । पार्टीको विधानमा ३९ जना पदाधिकारीसहित दुई सय ४६ जना केन्द्रीय सदस्य निर्वाचित र दुई सय ५५ जना मनोनित गर्ने व्यवस्था छ । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी पनि निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी पार्टीले सातवटै प्रदेशमा प्रदेश उपाध्यक्ष निर्विरोध चयन गरेको छ । सुदूरपश्प्रदेशको उपाध्यक्षमा रतनबहादुर थापा, गण्डकी प्रदेश उपाध्यक्षमा शिवकुमार बाँस्तोला, कर्णाली प्रदेश उपाध्यक्षमा महेन्द्र पुन, कोशी प्रदेश उपाध्यक्षमा इन्द्रकुमारी लिम्बू र मधेस प्रदेश उपाध्यक्षमा रामकुमार महतो निर्वाचित भएका छन् । त्यसैगरी सातजना सहमहासचिवमा रामलाल डगौंरा, पदम अधिकारी, पवनकुमार साह, दिलकुमारी लावती, राजन गुरुङ, प्रेमवती राना र नीरबहादुर श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

साथै सचिवमा तुलसीप्रसाद चौधरी, ललित ताम्राकार, चन्द्रकुमारी चौधरी र विजयकुमार बस्नेत र सहसचिवमा पुष्पलता रेग्मी अधिकारी, करिश्मा कठरिया, अहमद हुसेन मनिहर, मणिराज भण्डारी, लालबहादुर रावत र डम्बरबहादुर लिम्बू निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ९ : २५ बजे

सङ्घीय संसद्को अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह

काठमाडौँ । विपक्षी दलहरुले सङ्घीय संसद्को अधिवेशन अविलम्ब आह्वान गर्न

ठेक्काको विवरण हेरफेर प्रकरण : आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ

काठमाडौँ । सार्वजनिक खरिद अनुमगन कार्यालयको अनलाइन प्रणालीमा अनधिकृत पहुँच

अध्यादेश फिर्ता गर्न सरकारलाई नेपाल बारको आग्रह

काठमाडौं । आह्वान भइसकेको संघीय संसदको अधिवेशन स्थगित गराएर सरकारले

कांग्रेस रामेछाप सभापति कान्छाराम तामाङ निलम्बित

काठमाडौं । नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’

सरकारद्वारा थप तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस