१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

आवश्यक बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन



बुटवल । आवश्यक बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन भएको छ । साधारणसभामा बोल्दै बुटबल उपमहानगरपालिकाकी उप प्रमुख सावित्रादेवी अर्यालले सहकारीहरुलाई जनताको सुख दुःखको सहाराको रुपमा परिचित गराउन सबै पक्ष लाग्नुपर्न बेला आएको बताईन ।

सहकारीहरुले गरिरहेका कामको विषयमा आम सदस्यहरु जानाकार हुन जरुरी रहेको भन्दै उपप्रमुख अर्यालले भनिन्- ‘तपाई हामीले जम्मा गरेको रकम सुरक्षित छ, छैन सन्चालकहरुले काम कर्तव्य सही रुपमा चलेका छ छैन भन्ने कुरामा समेत सदस्यहरुले बेलाबेलामा संस्थामा पुगेर जानाकारी लिन जरुरी छ ।’ पछिल्लो समय केही सहकारीहरुले गलत गरेका कारण अन्य सहकारीहरुमा समेत त्यसको नकारात्मक प्रभाव परेको उनले बताइन् । बुटवल उपमहानगरमा दर्ता भएका सहकारीहरु सबै सुरक्षित र सवल रहेको दाबी गर्दै अर्यालले समय समयमा अनुगमन समेत भैरहेको उल्लेख गरिन् । अब सहकारीहरु उत्पालन र रोजगार मुखी काममा समेत लाग्नुपर्ने उनको भनाई छ ।

रुपन्देही ऋण तथा बचत सहकारी संघकी उपाध्यक्ष गोमादेवी पौडेलले सहकारीहरुलाई सेवामुखी बनाएर लैजान जरुरी रहेको बताईन । बजारमा सहकारीप्रतिको आम मानिसको धारणा राम्रो नरहेको भन्दै यसलाई आफ्ना काम सेवाले चिर्दै लैजानुपर्ने बेला आएको उनको भनाई छ । राष्ट्रिय सहकारी संघका सहायक व्यवस्थापक सुसिल भट्टराईले सहकारीहरुले दिँदै आएको सेवा सुबिधाहरुलाई सहज बनाउँदै बचतर्ता र ऋणीहरुको मन जित्नुपर्ने बेला आएको बताए । सहकारीहरुका कारण सानो सानो रकम जम्मा गर्न सजिलो भएको भन्दै यसरी उठाएको पैसालाई सञ्चालकहरुले सही ठाउँमा लगानी गरेर जनतालाई राम्रो प्रतिफल दिनेतर्फ ध्यान दिन आग्रह गरे ।

सस्थाका अध्यक्ष मनोज श्रेष्ठले सहकारीको हालको अवस्था सन्तोषजनक रहेको बताए । बजारमा सहकारीका बारेमा विभिन्न टिकाटिप्पणी हुँदा समेत आफ्नो सहकारीमा सदस्यहरु थपिनेक्रम बढ्दै गएको बताए । संस्थामा कुल पूँजी करिब ९ करोड बढी रहेको भन्दै संस्थामा ५ सय ६० जना सदस्य रहेको बताए । कार्यक्रममा संस्थाका सल्लाहकार केशव कुवर, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, लेखा समिति संयोजक विनय कसौधन, निवर्तमान अध्यक्ष नुरुदिन साह, सचिव राज कुमार गुप्ता लगायतले बोल्दै सहकारीलाई सक्षम र सबल बनाउन भाबि कार्ययोजना बनाएर लैजानु पर्ने बताए ।

कार्यक्रममा बाल बचत कर्ता, जेष्ठ नागरीकलाई समेत सम्मान गरीएको थियो । गरीब तथा जेहेन्दार विद्यार्थीलाई अध्यापन गर्न सहज होस भनेर सहकारीले अक्षकोष स्थापन गरेको छ । उक्त कोषमा सदस्य वजिर शाह र नुरुदिन शाहले आफ्नो बुवा स्वर्गीय हाजी अमजद अली शाहको स्मृतीमा नगद एक लाख जम्मा गरेको भन्दै उनीहरुलाई समेत सभामा सम्मान गरीएको थियो ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ९ : ५७ बजे

तिनाउ खोलामा ३.४४ मेगावाटको ‘नमः बुद्ध’ जलविद्युत आयोजना निर्माण हुँदै

बुटवल । भिजन लुम्बिनी लिमिटेड ले पाल्पाको तिनाउ गाउँपालिका-झुम्सा नजिक

विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई

आज १३७ औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

काठमाडौं । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ

आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण

काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा