१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

बुटवलको कालिकापथ योगिकुटी सडकमा रहेका चारखुट्टे हाइटेन्सन पोल हटाइँदै, मोनोपोल राख्ने तयारी



बुटवल । बुटवलको कालिकापथ योगिकुटी सडक खण्डमा रहेका हाइटेन्सन लाइनका ठूला चारखुट्टे पोल हटाएर साना मोनोपोल (सिंगल पोल) राख्ने प्रक्रिया शुरू भएको छ । फराकिलो सडकका बीचमा रहेका पुराना चार खुट्टे पोललाई विस्थापित गरी एक खुट्टे (टावर मोनोपोल) राखिन लागेको हो ।

अहिलेको प्रसारण लाइनको पोलले सडकको धेरै भाग ओगटेको देख्दा भद्दा र बेला बेला दुर्घटनाको समेत जोखिम बढेकोले एक खुट्टे टावर (मोनोपोल) राख्न लागिएको हो ।

यो पोल राखिएपछि कालिका पथ सडक थप आकर्षक र सुरक्षित हुनेछ भने सडक फराकिलो हुँदा दुर्घटनाको जोखिम समेत कम हुनेछ । निर्माण कम्पनीले मोनोपोल बनाउन सुरु गरेसँगै माटो परीक्षणको काम आइतबारदेखि सुरु भएको छ ।

नेपाल विद्युत प्राधिकरण बुटवल योगीकुटी ग्रिडका इन्जिनियरका अनुसार सूर्यप्रसाद पाण्डेका अनुसार हाल रहेका चारवटा विद्युतीय पोल हटाउने काम सुरु भएको छ । “अहिले रहेका पोलले सडकको धेरै क्षेत्रफल ओगटेको छ, जसका कारण सडक समेत साँघुरो भएको छ, कालिकापथ बिस्तार भएसँगै उक्त विद्युतीय पोलका ठाउँमा मोनोपोल निर्माण गरिने छ ।”

प्राधिकरणका बुटवल ग्रिड महाशाखा प्रमुख सुरज गौतमले मोनोपल निर्माणले सडक समेत आकर्षक देखिने बताए । प्राधिकरणले यसलाई सकेसम्म छिटो हटाएर मोनोपोल राख्ने गरी काम सुरु गरेको उनले जानकारी दिए ।

अति जोखिमपूर्ण रहेको यो सडकमा रहेका पोलहरूलाई नयाँ राख्नको लागि यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले पहल गरेका थिए ।

बुटवलको योगीकुटीबाट मगरघाटसम्म विद्युतीय तार भूमिगत गरिने र कालिकापथमा सडकको धेरै क्षेत्राधिकार ओगटेर निर्माण गरिएका विद्युतीय पोल हटाएर त्यसका ठाउँमा मोनोपल राख्ने उनले बताएका थिए । उनको प्रतिवद्धता अनुसार अव भने विद्युतीय मोनोपोल राख्ने कामले मुर्त रुप लिन लागेको हो । कापथ थप आकर्षक र सुरक्षित हुनेछ ।​ विकसित देशहरूमा यस्ता मोनोपोल बढी प्रयोग भइरहेका छन् ।

गर्मी अघि नै काम सक्ने गरी अघि बढेको उनले बताए ।​​​ नेपालमा एक दुई ठाउँलाई सुरक्षित बनाउन मोनोपोल राख्न थालिएको हो ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ४ : २४ बजे

प्रधानमन्त्री बालेन्द्र शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै

सिरहाको गोलबजारमा रहेको एबी मलमा आगजनी

काठमाडौं । सिरहाको गोलबजारमा जारी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले एबी मलमा

सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संवेदनशील परिस्थितिमा उच्च संयमता

सामाजिक र धार्मिक सद्भाव जोगाउन पूर्वराजा ज्ञानेन्द्रको अपिल

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरी घटनापछि देशका विभिन्न क्षेत्रमा