८ पुस २०८२, मंगलबार | December 23, 2025

बुटवलको कालिकापथ योगिकुटी सडकमा रहेका चारखुट्टे हाइटेन्सन पोल हटाइँदै, मोनोपोल राख्ने तयारी



बुटवल । बुटवलको कालिकापथ योगिकुटी सडक खण्डमा रहेका हाइटेन्सन लाइनका ठूला चारखुट्टे पोल हटाएर साना मोनोपोल (सिंगल पोल) राख्ने प्रक्रिया शुरू भएको छ । फराकिलो सडकका बीचमा रहेका पुराना चार खुट्टे पोललाई विस्थापित गरी एक खुट्टे (टावर मोनोपोल) राखिन लागेको हो ।

अहिलेको प्रसारण लाइनको पोलले सडकको धेरै भाग ओगटेको देख्दा भद्दा र बेला बेला दुर्घटनाको समेत जोखिम बढेकोले एक खुट्टे टावर (मोनोपोल) राख्न लागिएको हो ।

यो पोल राखिएपछि कालिका पथ सडक थप आकर्षक र सुरक्षित हुनेछ भने सडक फराकिलो हुँदा दुर्घटनाको जोखिम समेत कम हुनेछ । निर्माण कम्पनीले मोनोपोल बनाउन सुरु गरेसँगै माटो परीक्षणको काम आइतबारदेखि सुरु भएको छ ।

नेपाल विद्युत प्राधिकरण बुटवल योगीकुटी ग्रिडका इन्जिनियरका अनुसार सूर्यप्रसाद पाण्डेका अनुसार हाल रहेका चारवटा विद्युतीय पोल हटाउने काम सुरु भएको छ । “अहिले रहेका पोलले सडकको धेरै क्षेत्रफल ओगटेको छ, जसका कारण सडक समेत साँघुरो भएको छ, कालिकापथ बिस्तार भएसँगै उक्त विद्युतीय पोलका ठाउँमा मोनोपोल निर्माण गरिने छ ।”

प्राधिकरणका बुटवल ग्रिड महाशाखा प्रमुख सुरज गौतमले मोनोपल निर्माणले सडक समेत आकर्षक देखिने बताए । प्राधिकरणले यसलाई सकेसम्म छिटो हटाएर मोनोपोल राख्ने गरी काम सुरु गरेको उनले जानकारी दिए ।

अति जोखिमपूर्ण रहेको यो सडकमा रहेका पोलहरूलाई नयाँ राख्नको लागि यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले पहल गरेका थिए ।

बुटवलको योगीकुटीबाट मगरघाटसम्म विद्युतीय तार भूमिगत गरिने र कालिकापथमा सडकको धेरै क्षेत्राधिकार ओगटेर निर्माण गरिएका विद्युतीय पोल हटाएर त्यसका ठाउँमा मोनोपल राख्ने उनले बताएका थिए । उनको प्रतिवद्धता अनुसार अव भने विद्युतीय मोनोपोल राख्ने कामले मुर्त रुप लिन लागेको हो । कापथ थप आकर्षक र सुरक्षित हुनेछ ।​ विकसित देशहरूमा यस्ता मोनोपोल बढी प्रयोग भइरहेका छन् ।

गर्मी अघि नै काम सक्ने गरी अघि बढेको उनले बताए ।​​​ नेपालमा एक दुई ठाउँलाई सुरक्षित बनाउन मोनोपोल राख्न थालिएको हो ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ४ : २४ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको