१ भदौ २०८३, सोमबार | August 17, 2026

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकद्वारा सर्वोच्चमा रिट



काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय, सङ्घीय संसद् र लोकसेवा आयोगलाई विपक्षी बनाई मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डेसहित चारजनाले दायर गरेको रिट निवेदनमा संविधानले दिएको व्यवस्थाअनुसार राज्यका निकायका आफूहरुलाई प्रतिनिधित्व गर्नुपर्ने माग गरिएको छ ।

नेपालको संविधानको धारा ४२ मा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा प्रतिनिधित्वको हक हुने व्यवस्था छ ।

निजामती सेवामा समावेश हुन पाउने व्यवस्थाका लागि कानुनमा संशोधन वा परिमार्जन वा थपघट गर्नका लागि परमादेश आदेश माग गर्दै रिटमा भनिएको छ, “लोकसेवा आयोगबाट भई आएका र हुने गरेका राज्यका विभिन्न निकायको निजामती सेवाको पदपूर्तिका लागि विज्ञापन प्रकाशनसम्बन्धी दरखास्त आह्वानले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हकको सम्बोधन हुन सकेको छैन ।”

उक्त समुदायको अधिकारको हनन भई राज्यको रोजगारी प्राप्त गरी जीवन निर्वाह गर्ने, सम्मानपूर्ण जीवनयापन गर्न पाउने हकमा नै आघात पुगेको रिट निवेदनमा उल्लेख छ । उक्त समुदायको प्रतिनिधित्व गर्दै पहिलोपटक सुनिलबाबु पन्त संविधानसभा सदस्य बनेका थिए । उक्त रिटमाथि आगामी माघ २ गते सुनुवाइ हुने भएको छ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ६ : १९ बजे

विश्वासको मत नपाउने भएपछि बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका

लुम्बिनीका मुख्यमन्त्री आचार्यले मागे विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत

सभापति रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भदौ

संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिनिधि

भारतीय सेना प्रमुख सेठ र प्रधानसेनापति सिग्देलबीच शिष्टाचार भेट

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ र प्रधान