२० मंसिर २०८२, शनिबार | December 7, 2025

सियारी गाउँपालिकाको १४ औं अधिवेशन शुरु



भैरहवा । सियारी गाउँपालिकाको गाँउ सभाको १४ औं अधिवेशन शुरु भएको छ । आईतबार शुरु भएको अधिवेशनको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले चालु आर्थिक वर्षको अर्धवार्षिक समिक्षा पेश गरेका छन् ।

अर्धवार्षिक समिक्षा पेश गर्दै अध्यक्ष घिमिरेले सियारीलाई कृषि, पर्यटन र दीगो पुर्वाधारमा योजनाबद्ध रुपमा बिकास गर्दै लैजाने बताए । अध्यक्ष घिमिरेले सियारी गाउँपालिकाले बित्तीय जोखिम मुल्याङन (एफआरए) मा रुपन्देहीमा उत्कृष्ट कार्य गरेको बताए । पालिकाले एफआरएमा ७५ दशमलम ५ प्रतिशत अंक ल्याएको छ ।

त्यस्तै स्थानिय तह स्वमुल्याङकन (लिजा) मा ८८ दशमलव ५ प्रतिशत ल्याएर रुपन्देहीका गाउँपालिकामा पहिलो बनेको गाउँपालिका अध्यक्ष घिमिरेले जानकारी दिए । उनले सियारी गाउँपालिकाको सम्पुर्ण राजश्व संकलनको कार्य सुत्रमार्फत हुने गरेको बताए । यसले राजश्व चुहावटबाट हुन सक्ने बित्तय जोखिम पनि कम हुदै गएको बताए ।

सियारी गाँउपालिकाले चालु आर्थिक बर्षमा सम्झौता भएका ३९ बटा योजना मध्ये प्रथम चौमासिकसम्म ३० बटा योजना सम्पन्न भईसकेको अध्यक्ष घिमिरेले जानकारी दिए । अध्यक्ष घिमिरेले बाँकी रहेका योजनाको काम सम्पन्न गर्न सम्बन्धीत सरोकारवालाई सवैलाई निर्देशन दिएका छन् ।

सियारीमा कृषि, पर्यटन र सिचाईका क्षेत्रमा उल्लेख्य मात्रामा काम भईरहेको बताउदै अध्यक्ष घिमिरेले कृषि क्षेत्रको बिकासका लागि आबश्यक बजेटको प्रबन्ध मिलाएर अगाडि बढ्ने बताए ।

गाउँपालिका उपाध्यक्ष तारा थारुले सियारी गाउँपालिकाले न्यायिक क्षेत्रमा गरेका कामको बिषयमा सभामा प्रस्तुत गरेकी थिईन । उपाध्यक्ष थारुले सियारीले लामो समयदेखि अल्झीएका विवादलाई पनि न्यायीक समितिबाट निरुपण गरिएको बताईन् ।

अधिवेशनको पहिलो बैठकमा सियारी गाउँ सभाका सचिव तथा प्रमुख प्रशाशकिय अधिकृत ऋिषिराम पन्थीले सञ्चालन गरेका थियो । गाउँसभाको अर्को बैठक सुचना प्रकासित भएपछि बस्ने गरी स्थगित भएको छ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ५ : ४४ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल