१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सियारीमा फिजियो थेरापी सेवा सुरु, स्थानीयलाई सहज



भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले फिजियोथेरापी शुरु गरेको छ । पालिकाले स्थानिय नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्धेश्यले फिजियोथेरापी शुरु गरेको हो ।

सियारी गाउँपालिकाले शुरु गरेको फिजियोथेरापी सेवा लुम्बिनी प्रदेशका पालिकाहरुमा पहिलो भएको दावी गरेको छ ।

गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले फिजियो थेरापी सेवाका लागि भैरहवा तथा बुटवल लगाएतका शहरमा पुग्नु पर्ने बाध्यतालाई हटाउन सियारीमा सेवा शुरु गरिएको बताए ।

अध्यक्ष घिमिरेका अनुसार सियारीले फिजियो थरापि गरेबाट बढीमा १ सय ५० देखि दुईसय सम्म हुन सक्ने गरी शुल्क निर्धारण गर्ने तयारी गरेको छ ।

पालिकाले सियारी ४ छपिया बजार स्थित नेपाल रेडक्रशको भवनबाट सेवा सुरु गरेको हो । गाउँपालिका अध्यक्ष घिमिरेले सियारीवासीलाई स्वास्थ्य क्षेत्रमा आबश्यक अन्य सेवा पनि निरन्तर रुपमा प्रदान गर्दै जाने बताए ।

आधुनिक मेशिनसहित फिजियो थेरापी सेवा विस्तार भएसँगै सियारी सहित मायादेवि, सुद्धोेधन गाउँपालिकाका नागरिकले लाभ लिन पाउने पालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिबहाुर घर्तिले जानकारी दिए ।

प्यारालाइसिस, नसा, ढाड र खुट्टाको समस्याका साथै बाथ लगाएत रोगका बिरामीले सियारीमा सुरु गरिएको थेरापीबाट सेवा लिन सक्ने पालिकाका स्वास्थ्य शाखा प्रमुख प्रशाशकिय अधिकृत ऋषिराम पन्थीले जानकारी दिए ।

पालिका भित्रै थेरापी सुरु भएपछि निकै सहज भएको स्थानिय सेवाग्रहीले उल्लेख गरेका छन् । सियारी ४ का बुद्धिप्रसाद पोखरेल तथा सावित्रि पोखरेलले गाउँमै सेवाआएपछि आफुहरुलाई निकै सहज भएको बताए ।

गाउँपालिकाले थेरापी सेवा लिनका लागि अत्यन्तै न्युन शुल्क तय गर्ने जनाएको छ । सियारीले जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरुको सहजताका लागि घरदैलोमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ भने बिरामीहरुलाई निशुल्क रुपमा रगतको व्यवस्थापन समेत गर्दै आएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ९ : ५९ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान