५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

चिनिया बुद्धिष्ट एशोसिएसनका उपाध्यक्ष सुङलाई स्वागत



बुटवल । लुम्बिनी भ्रमणका लागि आएका चीनको अन्तराष्ट्रिय बुद्धिष्ट एशोसिएसनका उपाध्यक्ष युन सुङलाई नेपाल चीन मैत्री समाज लुम्बिनीले स्वागत गरेको छ ।

सुङलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चकन्यासहित स्वागत गरेको हो । सो अवसरमा उपाध्यक्ष सुङले विश्व शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउंदा निकै खुशी लागेको बताए । उनले आफ्नो भ्रमणले लाखौं चिनिया बौद्धमार्गीहरुलाई लुम्बिनी भ्रममणमा आउन प्रेरित गर्ने विश्वास लिएको बताए ।

नेपाल चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायणप्रसाद सापकोटाले चिनिया नागरिक र दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध विस्तारमा समाजले सक्दो योगदान गरेको जानकारी गराए । उनले आउंदै गरेको चिनिया नयां वर्षको राष्ट्रिय पर्वका अवसरमा हुने एक साता लामो विदामा चिनियाहरुलाई लुम्बिनी आकर्षित गर्न तीनै तहका सरकारले विशेष योजना र टुर प्याकेज बनाएर ठूलो संख्यामा पर्यटक भित्राउन सके समग्र रुपन्देहीको आर्थिक विकासमा टेवा पुग्ने औंल्याए ।

सुङको स्वागतमा समाजका अध्यक्ष नारायणप्रसाद सापकोटा,सिद्धार्थनगरकी निवर्तमान उपमेयर उमा काफ्ले, संस्थाका उपाध्यक्ष डा. ऋषिराम शर्मा, केशव बेलवासे, निर्मल शर्मा सहभागी थिए । उपाध्यक्ष युन सुङको टोलीमा करिब ४० जना भिक्षु, भिक्षुणी सहभागी छन् ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ६ : ३० बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन