१९ जेष्ठ २०८३, मंगलबार | June 3, 2026

चिनिया बुद्धिष्ट एशोसिएसनका उपाध्यक्ष सुङलाई स्वागत



बुटवल । लुम्बिनी भ्रमणका लागि आएका चीनको अन्तराष्ट्रिय बुद्धिष्ट एशोसिएसनका उपाध्यक्ष युन सुङलाई नेपाल चीन मैत्री समाज लुम्बिनीले स्वागत गरेको छ ।

सुङलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चकन्यासहित स्वागत गरेको हो । सो अवसरमा उपाध्यक्ष सुङले विश्व शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउंदा निकै खुशी लागेको बताए । उनले आफ्नो भ्रमणले लाखौं चिनिया बौद्धमार्गीहरुलाई लुम्बिनी भ्रममणमा आउन प्रेरित गर्ने विश्वास लिएको बताए ।

नेपाल चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायणप्रसाद सापकोटाले चिनिया नागरिक र दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध विस्तारमा समाजले सक्दो योगदान गरेको जानकारी गराए । उनले आउंदै गरेको चिनिया नयां वर्षको राष्ट्रिय पर्वका अवसरमा हुने एक साता लामो विदामा चिनियाहरुलाई लुम्बिनी आकर्षित गर्न तीनै तहका सरकारले विशेष योजना र टुर प्याकेज बनाएर ठूलो संख्यामा पर्यटक भित्राउन सके समग्र रुपन्देहीको आर्थिक विकासमा टेवा पुग्ने औंल्याए ।

सुङको स्वागतमा समाजका अध्यक्ष नारायणप्रसाद सापकोटा,सिद्धार्थनगरकी निवर्तमान उपमेयर उमा काफ्ले, संस्थाका उपाध्यक्ष डा. ऋषिराम शर्मा, केशव बेलवासे, निर्मल शर्मा सहभागी थिए । उपाध्यक्ष युन सुङको टोलीमा करिब ४० जना भिक्षु, भिक्षुणी सहभागी छन् ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ६ : ३० बजे

वित्तीय अपराध नियन्त्रणमा सबैको निकायको सहकार्य आवश्यक

काठमाडौँ । पछिल्लो समयमा वित्तीय अपराधमा भएको बढोत्तरीले चुनौती थपेको

सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

वैवाहिक बलात्कारको मुद्दामा न्यायाधीश भुवन गिरीले सर्वोच्च अदालतबाट पनि सफाइ पाए

काठमाडौं । वैवाहिक बलात्कारको मुद्दामा दार्चुलाका जिल्ला न्यायाधीश भुवन गिरीले

तराईमा चल्ने ‘लु’ बारे काठमाडौंमा सम्वाद : जोखिमबाट जोगिन पूर्वतयारी आवश्यक

काठमाडौँ । तराईमा अत्याधि गर्मीसँगै चल्ने तातो हावा ‘लु’ का

श्रीमानको हत्या आरोपमा श्रीमतीसहित तीन पक्राउ

बागलुङ । बागलुङको जैमिनीमा मजदुरको हत्या गरेको आरोपमा प्रहरीले तीन