२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

त्रिशूली नदीमा जिप खसेपछि चालक फरार भएको आशंका



काठमाडौं। त्रिशूली नदीमा खसेको भारतीय नम्बर प्लेटको जिपका चालक फरार भएको आशंका गरिएको छ।

नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलनजिकबाट मंगलबार बिहान त्रिशूली नदीमा जिप खसेको थियो।

खोजी सिलसिलामा भारतीय नम्बर प्लेट बिआर ०९जिसी १४३० नम्बरको बोलेरो जिप फेला परेको थियो।

बिहान ४:५० बजे नदीभित्र बत्ती बलेको जस्तो देखिएपछि सशस्त्र प्रहरीको गोताखोर टोलीले परिचालन गरिएको थियो।

त्यसक्रममा सेतो रंगको सिंगल क्याप जिप त्रिशूली नदीमा फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले बताए।

उनका अनुसार एक जना ट्यांकर चालकले जिपबाट चालक निस्केको देखेको बताएका छन्।

‘ट्यांकर चालकले जिपका चालक भागेको देखेको बताएका छन्, उनलाई खोजिरहेका छौं,’ भण्डारीले भने।

बिहान नदीमा रातो बत्ती बलेपछि सवारीसाधन खसेको अनुमान गरी खोजी थालिएको थियो। सशस्त्रको गोताखोरले जिप फेला पारे पनि त्यसमा यात्रुहरू थिएनन्।

‘अहिलेसम्म कोही यात्रु फेला परेको स्थिति छैन,’ भण्डारीले भने, ‘मोटरबोटबाट खोजी गरिरहेका छौं।’

जिप सडकबाट करिब एक सय मिटर तल खसेको थियो। जिपमा कति व्यक्ति सवार थिए भन्ने यकिन भइसकेको छैन।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  १ : ४१ बजे

प्रदेश संरचना र जिसस खारेज गर्न गोकुल बास्कोटाको सुझाव

काठमाडौं । नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले प्रदेश संरचना तथा

पश्चिम बंगालमा बीजेपी नेताका निजी सहायकको गोली हानी हत्या

काठमाडौं । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी) नेता

सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनाले सूचना

मेचीनगरमा ‘डायलासिस’ सेवा लिने बिरामी उच्च

झापा । मेचीनगर नगरपालिकामा डायलासिस उपचार गराइरहेका मिर्गौलाका बिरामीको सङ्ख्या

धारापानीवासी कुटानीपिसानी गर्न पानीघट्टकै भर

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाअन्तर्गत चुरे क्षेत्रको धारापानी गाउँका बासिन्दा अझै